धरान : सुनसरीको तरहरामा अहिले भारी बर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभागले दिएको जबनकारी अनुसार आज बुधबार बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको छ ।
पछिल्लो ३ घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा पछिल्लो ३ घण्टामा तरहरामा ६६.८ मिलिमिटर र मोरङ्को केराबारी क्षेत्रमा ५२.८ मिलिमिटर वर्गा भएको विभागले जनाएको छ ।
विभागले भारी वर्षाका कारण विभिन्न खोलामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
धरानको सर्दु, खर्दु ,सुनसरी खोला , इटहरीको बुढी खोला, खेसलिया खोलालगायत अन्य स–साना खोलामा आकस्मिक बाढी आउने तथा होचो भू–भागमा डुबानको जोखिम रहेकोले दिउँसोसम्म सतर्कता अपनाउन विभागको आग्रह छ ।