Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

धरान :कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन् ।

माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई सत्ता समीकरण वदलिएपछि माओवादीले समर्थन फिर्ता लिएको थियो ।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । कुल ९३ सदस्यीय कोशी प्रदेश सभामा नेकपा एमालेका ४० सांसद छन् भने सत्ताघटक काँग्रेसका २९ सांसद रहेका छन् । कोशी प्रदेश सभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । गत बैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक गत बैशाख  ३१ गते विश्वासको मत लिएका थिए ।

गठबन्धन फेरिएपछि गत साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाहिरिएको थियो भने भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । गठबन्धन परिवर्तन भएसँगै अहिले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा काँग्रेस सहभागी भएको छ

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद