धरान :आउदो भदौ १३ गतेदेखी धरानमा हुने भएको छ !
सुनसरी उधोग बाणिज्य संघको ६१ औ स्थापना दिवशको अवसरमा पहिलो पटक मेला सन्चालन गर्न लागिएको हो ! तिन दिनसम्म सन्चालन हुने मेलामा स्थानिय उत्पादनका बिभिन्न ४५ वटा स्टलहरु रहने आयोजकले आज पत्रकार सम्मेलन गरी जनाएको छ ! प्रदर्शनि मेलामा घरेलु उत्पादनका बस्तुहरु, कृषिजन्य बस्तुहरु, गरगहना, सन्दर्य सामाग्रीलागायत बस्तुहरु प्रदर्शनिमा राखिने संघका सचिब महेन्द्र प्रधानले बताए ! महिला उधमिहरुलाई प्रोत्साहन गर्दै स्थानिय उत्पादनलाई प्रबर्द्दन गर्न पहिलो पटक प्रदर्शनि मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष बिजय श्रेष्ठले बताए ! उक्त प्रदर्शनि मेलाको कोसी प्रदेशका राज्यमन्त्री सिर्जना राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ! मेला अवधिभर करिब १५ लाख बराबरको कारोबार गर्ने आयोजकको लक्ष्य रहेको छ ! यस्तै, करिब १० हजारले प्रदर्शनि मेलाको अवलोकन गर्ने आयोजकको अनुमान छ !