Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

विराटनगरमा राधाकृष्ण रथ यात्रा

आज विराटनगरमा राधाकृष्ण निकालिँदै छ । राधाकृष्ण रथयात्रामा सहभागी हुनका लागि लाखौँको सङ्ख्यामा भक्तजनको सहभागिता हुने गरेको छ । रथयात्रामा  सहभागी हुनका लागि भारतका विभिन्न स्थानबाट भक्तजन विराटनगरमा भेला भइरहेका छन् । रथयात्राका लागि आज प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

विराटनगरमा विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट सुरु भएको थियो । सो घट यात्रालाई अहिले राधाकृष्ण रथ यात्राका रूपमा मनाउने गरिएको छ  छ ।  । २०२५ सालबाट खटसँगै रथयात्रा निकाल्न थालिएको हो । यस पटक विराटनगरमा निकालिने खटको ९३ औँ र रथको ५६ औँ संस्करण हो ।

विराटनगर महानगरपालिका– १ स्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडीसहितको रथ  निकालिन्छ । रथयात्राले बजार क्षेत्रको ९ किलोमिटर यात्रा तय गर्ने छ ।

राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैन, मेन रोड, ट्राफिक चोक, रोड शेष चोक, महेन्द्र चोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।रथ यात्रा आज दिउँसो साढे ३ बजे राधाकृष्ण मन्दिरदेखि सुरु हुने आयोजकले जनाएको छ ।

राधाकृष्ण रथयात्रालाई लक्षित गरेर प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । राधाकृष्ण रथयात्रा हेर्न पूर्वी नेपालसहित छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट हजारौँ भक्तजन आउने गरेका छन् । रथयात्रालाई भव्य, सुरक्षित र मर्यादित बनाउन ठुलो सङ्ख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सादा पोसाकका र हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

प्रहरीले करिब १ महिना अघिदेखि नै रथयात्रा लक्षित सुरक्षा तयारी थालेको थियो । गरेर यात्राका क्रममा हुनसक्ने चोरी, पकेटमारी र लुटपाट केन्द्रित गरेर प्रहरी सक्रियता बढाइएको हो । डिएसपी बस्नेतका अनुसार विगतमा अवाञ्छित गतिविधि गर्दै आएका र केही शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ ।

विराटनगरको रथ यात्रालाई आधार मनाएर अहिले कोशी प्रदेशका विभिन्न शहरहरुमा पनि राधाकृष्ण रथ यात्रा निकाल्ने गरिएको छ । विराटनगरको सिको गर्दै इटहरी दुहबी विराट चोक लगायतका सहरमा पनि आजै रथ यात्रा निकाल्न थालिएको छ ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले