६ भाद्र धरान :धरान उपमहानगरपालिका–१३ बाट बिहिबार आज एक हजार चार सय गाजासहित दुई जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङ सुन्दरहरैचा नगरपालिका ७ बस्ने ३४ बर्ष का राजकुमार दाहाल र धनकुटा सहिदभुमी गाउँपालिका ७ बस्ने बर्ष ४१ बर्षिय भुपेन्द्र राईलाई सो परिमाणको गाजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिए ।
धनकुटाबाट धरानतर्फ आउदै गरेको को.१ख.४७३३ नं.को ट्रकलाई शंका लागी रोकी चेकजाँच गर्दा गाडीभित्र बोराले छोपेर ल्याउदै गरेको अवस्थामा ४४ (चौवालिस) बोरा गाँजासहित दुवै जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए ।
अहिले ट्रक सहित नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।