धरान:सुनसरीमा कर्तव्य ज्यान मुद्धामा संलग्न एक जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी गढी गाउपालिका २ सखुबारे टोलका ३० बर्षे चन्दन रिषिदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी सुनसरी कार्यलयले जनाएको छ ।
३ गते सोमबार विहान गढी गाउपालिका २ थलाहा पुल स्थित टाउको छिनाइएको अवस्थामा लास फेला परेपछि कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीको संयुक्त टोलीले घटनास्थल वरपर खोजतलास गर्दै जादाँ २ सय मिटर पर निजको टाउको नभएको अबस्थामा लास फेला परेको जिल्ला प्रहरी कार्यलयले सुनसरीका प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले बताए ।
सोधपुछ गर्दा सुनसरी गढि गाउपालिका ६ का ४६ बर्षिय ज्ञानचन रिषिदेव रहेको उनले बताए ।
उक्त घटनामा संलग्न व्यक्तिको खोजीकार्यको लागी कोशी प्रदेश प्रहरी केनाईन शाखा, र धरानबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जादाँ उक्त घटनास्थलमा उपस्थित मध्ये जिल्ला गढी गाउपालीका २ का ३० बर्षिय चन्दन रिषिदेवले लगाएको कपडामा रगत देखिएपछि तत्काल नियन्त्रणमा लिई कानून बमोजिम सोधपुछ अनुसन्धान गर्ने क्रममा कोदालो (फरुवा ले पटक–पटक प्रहार गरी टाउको छिनाई हत्या गरेको भन्ने बताएपछि चन्दन रिषिदेवलाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दाअन्तर्गत ५ दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यलयमा राखी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए ।