Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

धार्मिक महत्व बोकेको औलिया मठ जिर्णःसंरक्षणको माग

३२श्रावण धरान:सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं १ मा रहेको गुठीअन्तर्गत औलिया मठ संरक्षणको अभावमा जीर्ण हुदै गएपछि संरक्षणको माग गरिएको छ ।
  सुनसरीको बराहक्षेत्र नगरपालिका चतरा गुठीअन्तर्गत औलिया मठको गद्दीदेखि मूर्तिसम्म खण्डित जिर्ण अवस्थामा पुगेपछि पुनर्निर्माणका लागि महन्त बालब्रह्मचारी नागाबाबा विनायक पुरी महाराजे माग गरेका छन ।
  चतरास्थित २ सय ६० वर्ष पुरानो औलिया बाबा मठका संरचना जीर्ण भएकोले यसको संरक्षण र प्रर्वद्धनका लागि सबैले ध्यान दिनुपर्ने महन्त बालब्रह्मचारी नागाबाबा विनायक पुरीजी महाराजले बताए ।
  महन्त पुरीले भने, औलिया बाबाको मूर्तिदेखि मठका शिवलिङ्ग समेत जिर्ण अवस्थामा रहेकाले ’वैदिक विधि, पद्धति र शास्त्रअनुसार खण्डित मूर्ति पूजन नहुने भएकाले जीर्णोद्वारका लागि गुठी संस्थानलाई पत्राचार गरिएको छ, ।’ गुठी संस्थानका पदाधिकारी र कर्मचारीले समेत अनुगमन, निरीक्षण गरिएको उनले जानकारी दिए ।’
महन्त पुरीले जिल्लास्थित भूमिसुधार तथा मालपोत कार्यालयमार्फत गुठी संस्थानमा मठ, मन्दिर र धार्मिक संरचनाको जीर्णोद्वारका लागि सिफारिस माग गरिएको बताए ।
   बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा मालमेनेजरी गुठीअन्तर्गत प्राचीन ऐतिहासिक श्री सिद्धतपोस्थली श्री औलिया बाबा मठ परिसरमा रहेका ऐतिहासिक पुरातात्विक र धार्मिक महत्वका मूर्ति, संरचना खण्डित र जीर्ण अवस्थामा रहेको हुँदा उहाँले भौतिक विकास ऐतिहासिक पक्षको संरक्षण जिर्णोद्धार प्रबद्र्धन गर्नुपर्नेमा महन्त विनायक पुरीले जोड दिए ।
   जगदगुरु रामानन्दचार्य सेवा पीठका प्रतिनिधि यतिराम दासजी महाराजले दिव्य मठहरुलाई संरक्षण र माथि उठाउन सबैको सहयोग आवश्यक हेको बताए ।
    ,धार्मिक महत्व बोकेको औलिया बाबा मठलाई ऐतिहासिक तथा धार्मिक पर्यकीय क्षेत्रको रुपमा विकास गर्न सके बाह्य पर्यटकहरु धेरै भित्र्याउन सकिने यतिराम दासजी महाराजको भनाई छ ।
महन्त पुरीले शिवालयभित्रको स्वर्णजडित शिवलिङ्ग, शिवलिङ्गको स्वर्णजडित नाग, स्वर्णजडित पञ्चमुखी शिवलिङ्ग, सङ्गमर्मरद्वारा निर्मित औलिया बाबाको मूर्ति, पत्थरद्वारा निर्मित अष्टभूजा श्री भैरवको मूर्ति, जीर्ण औलिया बाबाको गद्दी जीर्णोद्वार संरक्षणका लागि गुठी संस्थानलाई पत्राचार गरिएको महन्त बालब्रह्मचारी नागाबाबा विनायक पुरी महाराजले जानकारी दिए ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले