Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

क्लीन बराहक्षेत्र अभियान कार्यक्रम सुरु

३१श्रावण धरान : सुनसरीको बराहक्षेत्र नगरपालिकाले क्लीन बराहक्षेत्र अभियान सुरु गरेको छ । नगरपालिकाले २ बर्ष देखि निरन्तर यो अभियान गर्दै आएको कार्यक्रम जुन जनप्रिय र प्रभावकारी भएको भन्दै यस बर्ष पनि बुधबारबाट सरसफाई अभियान कार्यक्रम सुरु गरेको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले बताए ।
  गरपालिकाले चलाएको अभियान सुनसरीको बराहक्षेत्र नगरपालिका १०,११, ९ ,५   र बराहक्षेत्र मुख्य चौक र त्यस क्षेत्र आसपासमा रहेका मठमन्दिर , धर्मशाला , स्वास्थ्य चौकी, औलीया मठ परिसरलगायतका क्षेत्रलाई मुख्य प्राथमित्ता राखेर सरसफाइ गरिने नगर प्रमुख कार्कीले बताए ।
  उनले भने, बराहक्षेत्र चतराधाममा रहेको बराहक्षेत्र मन्दिरमा मानिसको चहलपहल धेरै हुने भएकोले बढी मात्रामा मन्दिर क्षेत्रमा सरसफलाईमा ध्यान दिनु परेको बताए ।
  ससफाई अभियानमा सबै नगरबासीको साथ र सहयोग आवश्यक रहेको आर्थिक विकास संयोजक तेक बहादुर गुरुङ्ले बताउनुभयो । उहाँले हाम्रो बराहक्षेत्र राम्रो बराहक्षेत्र बनाउनु पर्नेमा सबै लागि पर्नुपर्ने बताए ।
  अभियानको क्रममा पछिल्लो समय डेङ्गुको संक्रमण बढ्दै गएकोले नगरपालिकाले सडकहरुको सरसफाइ र डेङ्गुको लार्भा नष्ट गर्दै आप्mनो घर अगाडि फोहोर व्यवस्थापन गर्न र पानी जम्ने खाल्टाखुल्टीहरुमा पानी जम्न नदिन सबै नगरवासीहरुलाई नगरपालीकाले अनुरोध गर्दै आएको नगरपपालिकाका नगरप्रमुख कार्कीले बताए ।
यो अभियान अत्यन्तै उत्कृष्ट र जनमुखी भएको भन्दै सरसफाई कार्यक्रममा स्थानीय, स्थानीय जनप्रतिनिधि,बुद्धिजिवि, राजनीति दलका नेता ,स्थानीय संघसंस्था ,नेपाल प्रहरी र नगरप्रहरीलगायतको सहभागीता रहेको छ ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले