Roamwings.com

https://www.facebook.com/roamwingstravel/

भौतिक तथा निर्माण

धरान ८ को तीनढ्वाङ्गे खहरेको पुल भत्कियो

२३श्रावण धरान:मदन भण्डारी राजमार्ग आयोजना र ठेकदारको लापरवाहीले धरान ८ अरुणटोलस्थित तीनढ्वाङ्गे पुल भत्किएको छ ।

नयाँ पुल निर्माण गर्नुपर्नेमा पुरानै पुलको जीर्ण संरचनामाथि पिच गरेको कारण भार थाम्न नसकेर तीनढ्वाङ्गे पुल भत्किएको स्थानीयको भनाई छ । विगत ५ बर्षदेखि नै पुल भत्कन शुरु गरेर जोखिम बढेको बारे निरन्तर जनप्रतिनिधि, सडक विभागलाई जानकारी गराउदा पनि वेवास्ता गरेको कारण पुल भत्किएको उनीहरुको गुनासो छ । पुल भत्किएपछि अहिले यातायात आवागमन अवरुद्ध भएको छ ।

उक्त पुल आज बिहान करिब ३ बजेतिर भत्किएको हो । स्थानीय दुर्गा महराका अनुसार विराटनगर एयरपोर्ट स्कुटरमा हिडेका २ जना यही पुलमाथि आइपुग्दा भत्किएको थियो । उनीहरुले नै सबैलाई जानकारी गराएर अन्य दुर्घटनामा पर्नबाट जोगिएको पनि उनले बताइन् । ‘हामी पनि आमाजुलाई काठमाण्डौं पठाउनुपर्ने थियो, र बिहानै उठेका थियौं । ५ बजेको फ्लाइट भेट्न स्कुटरमा जान लागेका २ जना बीचमा नै फस्नुभएछ । हामीले प्रहरीलाई खबर गरेपछि स्कुटर झिक्यौं,’उनले भनिन् ।

पुल भत्किएको कारण तीनढ्वांगे खहरेको पानी थुनिएर वस्ती डुबानको जोखिममा परेको भन्दै स्थानीयबासीले चिन्ता पनि प्रकट गरेका छन् । उनीहरुले राज्यले चाडो भत्किएको पुलको संरचना हटाइदिन र पानीको निकास गरिदिन पनि आग्रह गरेका छन् । यो खहरेमा धरानको बजार क्षेत्रको ड्रेनहरुको पानी मिसाइएको हुनाले बर्षायाममा ठुलो बाढी आउने गर्छ । 

स्थानीयका अनुसार मदन भण्डारी राजमार्ग सडकखण्ड निर्माण हुदैगर्दा नयाँ पुल बनाउन चासो नदिएर जीर्ण संरचनामाथि पिच गर्दाको परिणाम हो । तीनढ्वांगे पुल करिब ६ दशकअघि निर्माण भएको थियो । ब्रिटिश घोपा क्याम्प स्थापना हुँदा बनेको पुल जस्ता पाता जस्तै माटो फलामे पाताको तीन वटा ढ्वाङ राखिएको थियो । उक्त पाताको आयु सकिएको र पुल जीर्ण बनिसकेको अवस्थामा नयाँ पुल बनाउनुपर्नेमा त्यसमाथि नै मदन भण्डारी राजमार्गले पिच गरेको थियो ।

छुटाउनुभयो कि ?

भौतिक तथा निर्माण

१० वर्षसम्म पनि बन्न सकेनः गेउरिया पुल

धरान: मोरङको कानेपोखरी रङ्गेली सडका रहेको गेउरिया पुल १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । कानेपोखरी गाउँपालिका–२
भौतिक तथा निर्माण

सुनसरी जिल्लामा रहेका ५२ प्रतिशत  सार्वजनिक भवनहरु असुरक्षित’ प्रतिबेदनमा उल्लेख

२७ असार २०८१ धरान: सुनसरीका ५२ प्रतिशत सार्वजनिक भवन असुरक्षित रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । सुनसरी जिल्लाका सार्वजनिक