Roamwings.com

https://www.facebook.com/roamwingstravel/

आर्थिक

इटहरीमा ४ वटा विद्युतीय बस नगरले चाडैै सञ्चालनमा ल्याउदै

२२श्रावण धरान:इटहरी उपमहानगरपालिकाले ४ वटा विद्युतीय बस खरिद गरेको छ । सहुलियत बस सेवा सुरु गर्ने उदेश्यले नगरले खरिद गरेका चार वटा बस आज मंगलबार इटहरी ल्याइएको इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो ।
बसमा जीपीएस जडान गरी सूचनामैत्री बनाइनुका साथै बसमा सीसी क्यामेरा ,एसी ,हुइल चियर लगायतका अन्य सुविधहरु समेत रहेको पौडेलले बताए ।
उक्त बस इटहरी नगरभरि सहज र सरल रूपमा यातायातको सेवा पु¥याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
उनले भने ,बसलाई आउदो असोज १ गतेबाट सन्चालनमा ल्याइने छ, ‘चार वटा बसले इटहरीको ४ वटै क्षेत्रलाई कभर गर्ने हिसाबले रुट तय गर्ने गरी काम भइरहेको छ,’ नगरप्रमुख पौडेलले भने, ’जनतालाई सहुलियतमा यो सेवा दिन लागिएको हो ।’
नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकमार्फत इटहरी उपमहानगरपालिकाका ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर काम भइरहेको प्रमुख पौडेलले बताए । समितिले रुट निर्धारण गरेपछि सोहीअनुसार बस चलाइने छ ।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
आर्थिक

पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरि निगमले मूल्य घटाएको