Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

फरक फरक ठाउँबाट लागु औषध गाजा, ब्राउन सुगर सहित व्यक्ति पक्राउ

१३ श्रावण धरान :सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीले फरक फरक ठाउँबाट ठुलो परिमाणमा गाजा ब्राउण्ड सुगर सहित व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
  साउन १३ गते दिउसो ३ः ३० बजे सुनसरीको बबियाबाट ११५.७ केजि गाजा सहित २ जना पक्राउ परेका छन् ।
  विषेश सुराकी सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट सशस्त्र प्रहरी सहायक निरिक्षक काशीराम चौधरीको कमाण्डमा खटिएको संयुक्त टोलीले सागुरीगढी गाउपालिका १ बुढीमोरङ बस्ने ३२ वर्षे राम कुमार राई र सोही ठाउँका २२ बर्षे बुद्ध लिम्बुलाई सो परिमाणको गाजासहित पक्राउ गरिएको शसस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।

इनरुवा नगरपालिका –९ स्थित बबिया चोकबाट प्रदेश नं १–०२–००२ च ६८८३  नंको टाटा गाडीमा लोड गरी सुनसरीको नाका इलाकातर्फ लादै गर्दा गाडी सहित ११५.७ केजी गाजा र २ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी कार्यलय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ  ।
साउन ११ गते ब्राउन सुगर सहित २ जना पक्राउ
  सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका –६ ढलानरोड स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकही मातहत एफ.ओ.पि.ईस्राईल कामतबाट शसस्त्र प्रहरी भुपेन्द्र नेम्वाङ्गको कमाण्डमा खटिएको चेक प्वाईन्ट डिउटी ४ जनाको टोलीले धरान उपमहानगरपालिका १३ बस्ने ४२ बर्षे जिवन राई र सुनसरी भोक्राहा बस्ने २७ बर्षे महफुज आलमलाई ब्राउन सुगर र ट्याब्लेट सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।

उनिहरु भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा शंका लागि चेकजाँच गर्ने क्रममा  जिबन राईको साथबाट कालो प्लाष्टिकले बेरेको प्लाष्टिक सहित अन्दाजी ९.४ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ र महफुज आलमको साथबाट कालो प्लाष्टिकले बेरेको प्लाष्टिक सहित अन्दाजी १३ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ, १६ट्याबलेट स्पास्मो ८ ट्याबलेट निट्रोभेट लागू औषध बरामद गरि आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यलय सुनसरी बुझाइएको नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।
साउन ८ गते १२ केजी गाजा, मोटर साइकल र साइकल बरामद
   साउन ८ गते दिउसो सुनसरी देबानगजं गाँउपालिका ५ पालटोल सीमा ईलाकामा शसस्त्र प्रहरी.बल, नेपाल बि.ओ.पि साहेबगंजबाट सशस्त्र प्रहरी निरिक्षक कृष्ण थापाको कमाण्डमा खटिएको ४ जनाको मो.सा गस्तीको टोलीले नेपालबाट भारततर्फ जादैँ गरेको बिआर ५० वाइ ३४९७ नम्बरको भारतिय मोटर साइकललाई चेकजाँच गर्दा प्रतिबन्धीत ६केजी गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।

चेकजाच गर्ने क्रममा मोटर साइकल चालक फरार भएकोले मोटर साइकल र प्रतिबन्धीत ६ केजी गाजा नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यलय सुनसरी बुझाइएको छ ।

साउन ८ गते दिउसो सुनसरी भोक्राहा नरसिंह गाँउपालिका ८ सोनियाही सीमा ईलाकाबाट ६ केजी गाजा र साइकल बरामद गरिएको शसस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।

   नेपालबाट भारततर्फ जादै गरेको अपरिचित ब्यक्तिले साईकलमा राखी लैजादैँ गरेको ६ केजी. प्रतिबन्धीत गाँजा शसस्त्र प्रहरी बल ,नेपाल बि.ओ.पि.उल्टीबाट सशस्त्र प्रहरी सुरेश लिम्बुको कमाण्डमा खटिएको २ जनाको पैदल गस्ती टोलिेले बरामद गरेको हो ।
    साईकल र गाजाँ छाडी ब्यक्ति फरार भएकोले सो परिमाणको गाजाँ र साईकललाई नियन्त्रणमा लिई बि.ओ.पि.उल्टीमा ल्याई जिल्ला प्रहरी कार्यलय सुनसरी बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले