Roamwings.com

https://www.facebook.com/roamwingstravel/

खेलकुद

तरहरामा कोरा राइड साइक्लिङ च्यालेन्ज हुने

धरान ः सुनसरीको तरहरा साइकलिङ् क्लवको आयोजनामा तेस्रो संस्करण तरहरा कोरा राइड साइक्लिङ शनिबार हुने भएको छ ।
आयोजित पत्रकार सम्मेलनमा सिनियरतर्फ २५ किलोमिटर दुरी हुने छ भने ,जुनियर राईडर्सको लागि १० किलोमिटरमा हुने छ । राइडमा ५ सयभन्दा बढी राइडर्सहरुले सहभागीता जनाउने तरहरा साइक्लिङ क्लबका सचिब बहादुर तामाङले बताए ।
तरहरा चोकबाट शुरु हुने राइड शिव मन्दिर, गोल्डेन चोक, बि एण्ड बि चोक, गुरुङ गुम्बा, यलम्बर चोक,इमो लाइन, सहमति चोक , हिमशिखर स्कुल , सुन्दर टोल , धरान रोड, पानीपिया, देविथान चोक, चर्च रोड ,राइ टोल ,शिव मन्दिर चोक ,यिप्पी ल्याण्ड,तालतलैया , भेटघाट चोक, प्रणामी मन्दिर ,इटहरी उपमहानगरपालिका , नगरपालिका चोक , आर्मी क्याम्प, हलगडा चोक ,जननायक बिपि रोड , भवानी चोक फुजिशान स्कल ,भवानीपुर बासकेटबल खेल्ने मैदान, एकता टोल, नयाँ टोल हुदै सामुदायिक वन कार्यलय तामांग गुम्बा बहुभाषी स्कुल पुगेर समापन हुने तामाङले बताए ।
जुनियरको लागि भने तरहरा चोकबाट शुरु भई शिव मन्दिर, गोल्डेन चोक, बि एण्ड बि चोक, गुरुङ गुम्बा, यलम्बर चोक,इमो लाइन, सहमति चोक , हिमशिखर स्कुल , सुन्दर टोल , धरान रोड, तरहरा चोक ,धनपुरी रोड, जनसहयोग मावि,महुलिया रोड , पश्चिम रोड , भवानी चोक फुजिशान स्कल ,भवानीपुर बासकेटबल खेल्ने मैदान, एकता टोल, नयाँ टोल हुदै सामुदायिक वन कार्यलय तामांग गुम्बा बहुभाषी स्कुल पुगेर समापन हुने आयोजकले जनाएको छ ।
कोरा राइडमा सुनसरी तरहरा धरान , इटहरी ,उदयपुर, गाईघाट ,बिर्तामोड झापा, विराटचोक , पथरी बिरातनगर इनरुवालगायतका साइक्लिष्टहरु सहभागी हुने आयोजकले जनाएको छ ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साथै तरहरा आसपास क्षेत्रकम सामुदायिक एवम सहकारी स्कुलहरुमा अध्यानरत गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई शैक्षिक छात्रावृति प्रदान गर्ने उदेश्यले कोरा राइड कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक