Roamwings.com

https://www.facebook.com/roamwingstravel/

आर्थिक

धरान उप–महानगरपालिकाले १ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ

धरान सुनसरी ६ साउन , धरान उप–महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
आज साउन ६ गते १५ औ नगरसभा वैठकमा धरान उपमहानगरपालिकाका उप मेयर अइन्द्र विक्रम बेघाले आर्थिक वर्ष २०८१/०८२ को लागी १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।
आज आइतबार भएको १५ औँ नगरसभामा प्रस्तुत बजेट नीति तथा कार्यक्रममा कुल बजेटमा ४२ करोड ९७ लाख ६ हजार आन्तरिक स्रोत आय अनुमान गरिएको छ

हेर्नुहोस भिडियो


आर्थिक वर्षका ०८१/८२ लागि आन्तरिक राजश्व बाट ४८ करोड ४१ लाख ३४ हजार २८०, सङ्घीय सरकार अनुदानबाट ८९ करोड १९ लाख, प्रदेश सरकार अनुदान ६ करोड ४० लाख ६४ हजार सघीय राजश्व बाँडफाँडबाट २१ करोड ३४ लाख प्रदेश राजश्व बाँडफाँडबाट २४ करोड ८ लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको छ ।
उक्त अनुमान मध्ये २० वटै वडा तर्फ २१ करोड तथा सम्झौता तथा कार्यक्रम सम्पन्न भई भुक्तानी हुन नसकेको क्रमागत आयोजनका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा विषयगत तर्फ सहरी योजना तथा भौतिक पूर्वाधार विकासमा ४५ करोड ८२ लाख २९ हजार, शिक्षा युवा तथा खेलकुदमा ४६ करोड २६ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

स्वास्थ्यमा ८ करोड ३ लाख ८४ हजार, सामाजिक विकासमा ४ करोड ४१ लाख, आर्थिक विकासमा १ करोड ८४ लाख ९४ हजार, वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनमा १ करोड ४० लाख, पर्यटनमा ९० लाख ५० हजार विनियोजन गरिएको छ ।
सूचना तथा सञ्चारमा २५ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनमा १० लाख, सार्वजनिक जग्गा संरक्षणमा २० लाख , राजश्व परिचालनमा २३ लाख, वडा पूर्वाधार निर्माण कार्यक्रममा २५ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
मेयर भिजन कार्यक्रममा ५ करोड, उपमेयर भिजन कार्यक्रममा ३ करोड रुपैयाँ विनियोजन साथै मेयर कोषमा १ करोड ८० लाख, उपमेयर कोषमा ७५ लाख रुपैयाँ मेयर र उपमेयरको तजबिजमा खर्च रकम विनियोजन गरिएको छ ।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
आर्थिक

पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरि निगमले मूल्य घटाएको