“अनाथ र टुहुराहरुको साहारा ईश्वर नै हुनुहुन्छ।” यो भनाइलाई आत्मसात गर्दै सामाजिक सेवामा सदैव अग्रसर रहने विभिन्न क्षेत्रका काबिल डिएसपीहरु द्वारा लर्ड्स होम नेपाल सामाजिक घरमा उल्लेखनीय सहयोग प्रदान गरिएको छ।
प्रत्येक पल आफ्नो जीवन राष्ट्र र जनताको सेवामा समर्पित गर्दै आउनु भएका आदरणीय डिएसपी किरण खत्री, डिएसपी अमर लामा, डिएसपी दिपक गुरुङ्ग, डिएसपी देबेन्द्र थापा मगर र राम बस्नेतले लर्ड्स होम नेपाल सामाजिक घरको भ्रमण गर्नुभएको छ। भ्रमणको क्रममा घरमा आश्रित बालबालिकाहरूसँग आफ्नो खुसी साट्दै, उहाँहरूले ती बालकहरुको लागि आवश्यक लत्ताकपडा उपलब्ध गराउनु भएको छ।
यसका साथै, बालबालिकाहरूको भविष्यलाई मध्यनजर गर्दै निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँहरूले सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। यस पुनित कार्यले संस्थाको गरिमा बढाउनमा महत्वपूर्ण भूमिका खेलेको छ।
लर्ड्स होम नेपालका संस्थापक कुसल घलेले आदरणीय डिएसपीहरु किरण खत्री, अमर लामा, दिपक गुरुङ्ग, देबेन्द्र थापा मगर र राम बस्नेतलाई उच्च सम्मान गर्दै हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँहरूको यो सामाजिक सेवाले समाजमा सकारात्मक सन्देश फैलाएको र उदाहरणीय कार्य भएको भन्दै संस्थापक घलेले प्रशंसा गर्नुभएको छ।
यसरी, लर्ड्स होम नेपालमा आदरणीय डिएसपीहरुले देखाएको सहानुभूति र सहयोगले समाजसेवामा उनीहरूको संलग्नता र प्रतिबद्धता झल्काएको छ। यो कार्यले निश्चय नै अन्य व्यक्तिहरुलाई पनि समाजसेवामा प्रेरित गर्ने विश्वास गरिएको छ।