Roamwings.com

https://www.facebook.com/roamwingstravel/

आर्थिक

इटहरी उपमहानगरपालिकाको बजेट बहुमतले पारित

१श्रावण २०८१,धरान:इटहरी उप-महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८१/०८२ का लागि ल्याएको बजेट तथा कार्यक्रम पारित भएको छ। नगर सभामा छलफल भएपछि बजेट पारित भएको हो।
असार १० गते नगर सभामा इटहरी ६ का वडा अध्यक्ष दिवश पोखरेलले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट पेश गरेका थिए । नेकपा एमालेले औपचारिक रुपमा बिरोध जनाएको उपमहानगरपालिकाको बजेट सोही आकारमा पारित भएको छ ।
असार १० गते सोमबार राती प्रस्तुत बजेट नीति तथा कार्यक्रममा ९६ करोड आन्तरिक आय अनुमान गरिएको छ । असार मसान्त (आज)सम्म पारित गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था अनुसार बहुमत नगर सभा सदस्यको समर्थनमा पास भएको हो ।
उपमेयर सङ्गिता चौधरीले असन्तुष्टि देखाउदै अनुपस्थित भएपछि वडा अध्यक्ष दिवस पोखरेलले विनियोजन बिधेयक र अर्थ बिधेयकमा छलफल चलाएका हुन् । यस अघि नेकपा एमालेका सदस्यहरूले बहिष्कार गरेपनि आज बहुमत सदस्यले छलफलमा सहभागीता जनाएका हुन् ।
पारित भएको बजेटमा संघीय समानिकरण अनुदान २९ करोड ५६लाख, संघिय ससर्त अनुदान चालु तर्फ  ४९ करोड ४३ लाख र संघिय ससर्त अनुदान पुजीगत तर्फ ८१ करोड ९३ लाख ११ प्राप्त हुने उल्लेख छ । त्यस्तै संघीय समपुरक अनुदान ४ करोड, संघीय विशेष अनुदान  ५ करोड आउने प्रक्षेपण गरिएको हो ।
प्रदेश समानिकरण अनुदान १ करोड ९४ लाख , प्रदेश ससर्त अनुदान चालु खर्च तर्फ ३२ लाख ३८ हजार, प्रदेश ससर्त अनुदान पुजीगत खर्च तर्फ २ करोड ४४ लाख र प्रदेश समपुरक अनुदान १ करोड ७७ लाख आउने बजेटमा उल्लेख छ ।
संघीय राजश्व बाँडफाँड १९ करोड ११ लाख, प्रदेश राजश्व वाँडफाँड (सवारी कर) २ करोड ३३ लाख र प्रदेश राजश्व बाँडफाँड (मालपोत रजिष्ट्रेसन)  ५६ करोड अनुमान गरिएको हो ।
चालु खर्च तर्फ १ अर्ब ४१ करोड ३४ लाख ३७ हजार अर्थात कुल बजेटको ३९.५ प्रतिशत खर्च गर्ने उपमहानगरपालिकाको योजना छ । वित्तिय व्यवस्था अन्तर्गत साँवा ब्याज भुक्तानी तर्फ ९० लाख अर्थात कुल बजेटको ०.२५ प्रतिशत र पुँजिगत तर्फ  २ अर्ब १५ करोड ६० लाख (६०.२५%) खर्च गर्ने बजेटमा उल्लेख छ । जस मध्ये बिषयगत तर्फ ३० करोड, वडा सिमा तर्फ  ३८ करोड, नगरस्तरिय योजनाको लागि  ८ करोड विनियोजन गरिएको छ ।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
आर्थिक

पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरि निगमले मूल्य घटाएको