Roamwings.com

https://www.facebook.com/roamwingstravel/

समाज

चार जिल्ला अन्तर सुरक्षा समन्वय बैठक सम्पन्न

३१ असार २०८१,धरान : चार जिल्लाका जिल्ला प्रमुख अधिकारीविच अन्तर जिल्ला सुरक्षा समन्वय बैठक आज भेडेटारमा सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यलय सुनसरीको आयोजनामा सम्पन्न भएको बैठकमा सुनसरी, धनकुटा , भोजपुर र उदयपुर गरि चार वटा सुरक्षा समितिको सम्पन्न बैठकमा लागुऔषध प्रयोग बढ्दै गएकोले यसको नियन्त्रण र सप्तकोशी नदीको जलमार्ग भएर गाजाँ सहितको लागु पदार्थ ओसारपसार भएको निश्कर्ष सहित नदीमा जलमार्गबाट हुने कुनैपनि ओसारपसार गर्न नपाउने र कोशी जलमार्ग प्रयोगमा निषेधित क्षेत्र घोषणा गर्ने लगायतका विविध विषयहरुमा अन्तरक्रियात्मक छलफल भएको सुनसरी जिल्ला प्रमुख रामचन्द्र तिवारीले जानकारी दिए ।
उहाँले भन्नुभयो , सबै जिल्लाका जिल्ला स्तरीय शान्ति सुरक्षा व्यवस्थापन, अवैध हातहतियार तथा लागूऔषध प्रयोग तथा ओसार पसार, अपराध नियन्त्रण ,विपद व्यवस्थापन ,अवैध मदिरा नियन्त्रण ,अपराधीक घटना बढ्न नदिन पुर्व तयारी लगायतका विषयहरुमा छलफल भएको छ ।
जलमार्ग पुर्ण रुपमा निषेध गरिएको भए पनि रातीको समयमा सप्तकोशी नदिमा धनकुटा , उदयपुर र भोजपुरवाट जलमार्गको प्रयोग हुने गरेको र सुनसरीबाट अन्य लागु औषध पहाडी जिल्ला जाने गरेका कारण यसको रोकथाम तथा निन्त्रण गर्न सहकार्य गर्ने निर्णय समेत भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।
सप्तकोशीबाट वासका चेफा तथा ट्युवहरु प्रयोग गरेर लागू औषधको ओसार पसार हुने गरेकोले त्यसलाई रोक्न सुरक्षा कर्मी निर्मम भएको अधिकतम वल प्रयोग गरेर भए पनि नियन्त्रण गरिने उनको भनाई छ । 
सुनसरीमा लागु औषधको कारोबार बढेको र त्यसको ट्रान्जिट पोईट कोशी नदी आसपास रहेको देखिएकाले कोशी नदीलाई नै जलमार्ग निषेधित क्षेत्र घोषणा गर्ने निणर्य गरेको सनुसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।
बैठकमा प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले कोशी प्रदेशमा शान्ती सुरक्षा सहित लागु पदार्थ ओसारपसार तथा कारोबार पूर्ण रुपमा नियन्त्रण गर्नका लागि नेपाल प्रहरी सधै तयार रहने बताए।
समाजलाई नै असर पार्ने लागु औषध तथा प्रतिबन्धित बस्तुको ओसारपसार पूर्ण रुपमा नियन्त्रण गर्न जरुरी रहेको उनको भनाई छ ।
लागु औषध सहित अपराधिक क्रियाकलाप निन्त्रणमा समेत सुचना आदन प्रदान तथा समन्वय गर्ने निर्णय गरेको छ । 
वैठकमा कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरका प्रमुख डिआइजी चन्द्र कुवेर खापुङ, सशस्त्र प्रहरी बल एक नम्बर बराह बाहिनीका प्रमुख डिआइजि शम्भु सुवेदी । शसस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य र चारै जिल्लाका प्रमुख जिल्ला अधिकारी , नेपाल प्रहरी र शसस्त्र प्रहरी प्रमुख तथा राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको सहभागिता रहेको थियो ।
समन्वय बैठकले अन्तर जिल्ला सुरक्षालाई प्रभावकारी बनाई समन्वयात्मक ढंगले अगाडी बढ्ने र ग्रैह्रकानूनी क्रियाकलापहरुलाई चार वटै जिल्लाहरुको समन्वयमा प्रभावकारी रुपमा नियन्त्रण गर्ने निर्णय समेत गरेको छ

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले