धरान :निरन्तर बर्षासंगै आएको बाढीका कारण धरान उपमहानगरपालिका १६ र १ को सिमाना रहेको बिजुली अफिस जाने बाटोको पुल नजिक रहेको १० घर भन्दा बढी जोखिममा परेको स्थलगत अनुगमनमा पुगेका धरान उपमहानगरपालिका १६ का वडा अध्यक्ष मुररी भट्टराईले जानकारी दिए ।
अध्यक्षका अनुसार बाढीको उच्च जोखिममा परेको दुई घरलाई भने आफन्त र छिमेकीको घरमा सुरक्षीत ठाउँमा सारि सकिएको छ । ,बाकी रहेको बस्तिलाई पनि अन्तै सारिने छ निरन्तर पानी परेकोले समस्या भएको उनले बताए ।
निरन्तर परेको बर्षाका कारण पुल क्षेत्र आसपास कटान हुने सम्भावना रहेको र पुलमा पनि केही क्षति भईसकेकोले पुल समेत जोखिममा रहेको उनले बताए ।