Roamwings.com

https://www.facebook.com/roamwingstravel/

शिक्षा

सहिद स्मृति माध्यामिक विद्यालयद्धारा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

धरान,१९,असार :सहिद स्मृति माध्यामिक विद्यालय धरान–ले जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यालयले वुधवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सो छात्रवृत्ति प्रदान गरेको हो ।
कक्षा नर्सरी  देखि कक्षा १० सम्म उत्कृष्ट नतिजा ल्याउने ३६ जना जना छात्रा तथा छात्रहरुलाई करिव १ लाख वरावरको छात्रवृत्ति वितरण गरीएको विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले जानकारी दिए  ।
प्रअ विष्टका अनुसार प्रथम हुनेलाई ७५ प्रतिशत,दितिय हुनेलाई ६० प्रतिशत र तृतीय हुने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरीएको हो ।
विद्यार्थीहरुलाई पढाईमा आर्कषण गर्न र प्रोत्साहन गर्नको लागि छात्रवृत्ति प्रदान गरीएको प्रअ विष्टको भनाई रहेको छ   !
भौतिक पूर्वाधारले सुविधा सम्पन्न सहिद स्कलमा कक्षा ११ मा वाणिज्य संकाय र शिक्षा संकायमा पढाई हुने गरेको छ ।
सहिद स्कुलमा गत वर्षदेखि प्राविधिक धार कक्षा ९ देखि १२ सम्मको कम्प्युटर इन्जिनियरीङ समेत पढाई हुने गरेको छ ।

छुटाउनुभयो कि ?

शिक्षा

विद्यालयमा सीपमूलक तालिमसँगै पढाइ

धरान :  बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने तालिम दिइएको छ ।बेनी नगरपालिकाको ‘हामी सक्छौ, हामी
शिक्षा

विपन्नलाई पढाउन पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापना

धरान ;विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले रामपुरका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ ।रामपुर नगरपालिका