धरान : धरानका मेयर हर्क साम्पाङलाई सार्बजनिक सम्म्पत्ती तोडफोड गरेको आरोपमा कार्बाहिको माग गर्दै धरान-१३ धरान उपमहानगरपालिका-१३ का बासिन्दाले मंगलबार जिल्ला प्रसाशन कार्यालय सुनसरी घेराउ गरि धर्ना दिएका छन । मेयर साम्पाङले धरान- १३ को अमर बस्तीको खहरेखोला नियन्त्रण गर्न लगाइएको ग्याबिन वाल भत्काएको भन्दै स्थानिय बासिन्दाले उनी बिरुद्द कार्बाहिको माग गर्दै जिल्ला प्रशासन कारुआलयमा उजुरी दिएका थिए ।
उजुरी दिदा समेत सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारिले दोषी उपर कार्बाही गर्न चासो मदिएपछी स्थानिय बासिन्दा आन्दोलनमा उत्रनु परेको अमर बस्ती उपभोक्ता समितिका अध्यक्ष राजु राइले बताए । उनले आफ्नो गाउको खोला नियन्त्रण गर्न लगाइएको ग्याबिन बाल भत्काउनेलाइ पक्राउ गरि कार्बाही नगरिए शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन ।
प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यालय उपस्तित भएका स्थानिय बासिन्दाले तारजाली भत्काउन लगाउने हर्क साम्पङलाइ कार्बाही गर, शान्ती सुरक्षा कायम गर, सामाजिक सद्भाव कायम गर, सार्बजनिक सम्पत्तिको संरक्षण गर जस्ता नारा लगाएका थिए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले आन्दोलनमा उत्रिएका स्थानिय बासिन्दालाई ग्याबिन वाल भत्काएको बिषयमा छानबिन गरि दोषी उपर कार्बाही गर्ने प्रतिबद्धता जनाए पछी आफुहरु धरान फर्किएको स्थानिय कुलबहादुर रानामगरले बताए । उनलेसार्बजनिक सम्पत्ति तोडफोड गर्नेलाइ कार्बाही नगरी स्थानिय प्रहरी प्रशासन निरिह बनेको आरोप लगाए । प्रजिअ तिवारीले ग्याबोन बाल भत्काएको बिषयमा कानुनी प्रक्रिया अगाडी बढाउने बताए !