Roamwings.com

https://www.facebook.com/roamwingstravel/

भौतिक तथा निर्माण

१० वर्षसम्म पनि बन्न सकेनः गेउरिया पुल

धरान: मोरङको कानेपोखरी रङ्गेली सडका रहेको गेउरिया पुल १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । कानेपोखरी गाउँपालिका–२ स्थित कानेपोखरी रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुलबारे गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सडक विभागको टोलीले अनुगमन गरेर चाँडै काम सम्पन्न हुने बताएका थिए । निर्देशन दिएको चार महिना बितिसक्दा पनि पुलको निर्माणले भने गति लिन सकेको छैन ।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा फिचर एन्ड सराउद्दिन जेवीले ठेक्का लिएको थियोे । १५ मिटर लम्बाइ उक्त पुल रु एक करोड १८ लाखमा ठेक्का लागेको थिया तर १५ अझै पुल कहिले सम्पन्न हुन्छ भन्ने टुङ्गो नरहेको स्थानीयको गुनासो छ ।
स्थानीय पुन्यप्रसाद रिमालले उक्त स्थानबाट नौ वर्षको अवधिमा पाँचजनाभन्दा बढीले ज्यान गुमाइसकेका र धेरैजना घाइते भएका उल्लेख गर्दै वर्षातको समयमा थप जोखिम रहेको बताए । “हामीले समयमै पुल निर्माण गर्न जनप्रतिनिधिलगायत ठेकेदार तथा सरोकार भएकाहरुलाई ध्यानाकर्षण गरायौँ तर सुनुवाइ भएन । १५ मिटर पुलसमेत समयमै बनाउन नसक्नेले बाँकी काम कसरी गर्लान् आश्चर्य लागेको उनले बताए ।
अब पुलको बाँकी काम चाँडै सम्पन्न गर्न जनप्रतिनिधि र नागरिक जागरुक बन्नुपर्ने स्थानीयको भनाइ रहेको छ ।

छुटाउनुभयो कि ?

भौतिक तथा निर्माण

सुनसरी जिल्लामा रहेका ५२ प्रतिशत  सार्वजनिक भवनहरु असुरक्षित’ प्रतिबेदनमा उल्लेख

२७ असार २०८१ धरान: सुनसरीका ५२ प्रतिशत सार्वजनिक भवन असुरक्षित रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । सुनसरी जिल्लाका सार्वजनिक
भौतिक तथा निर्माण

भेडेटारमा स्काईवाक आजबाट सञ्चालनमा

११ श्रावन धरान;भेडेटारमा निर्माण गरिएको स्काईवाक आज देखी सञ्चालनमा आएको छ । कोसी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र