Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

विकट क्षेत्रमा विकासको रचनात्मक कदमको जरुरी छ ,डा. शेखर कोइराला

धरान :धरानको विकट क्षेत्रहरुमा विकासको लागि रचनात्मक कदमको जरुरी रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य माननीय डाक्टर शेखर काईरालाले बताउनुभयो ।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले आयोजना गरेको लालीगुराँस रोपन कार्यक्रको उद्धघाटन गर्दै उनले सो कुरा बताएका हुन ।
धरान उपमहानगरपालिका २० वंशिला जहाँ भौगोलिक हिसाबले विकट मानिन्छ । नेपाली कांग्रेसको आयोजनामा आज वंशिला कोकाहाको सिरान र महाभारत डांडा जहा समुन्द्र सतहदेखि १४०० मिटर माथी उचाईमा रहेको विष्णुपाउ सामुदायिक वन क्षेत्रमा (६२६) छ सय छब्बिस वटा लालीगुराँसको बिरुवा रोएिको छ ।
बिरुवा रोप्ने क्रममा लालीगुराँस लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै, लालीगुराँस संरक्षण अभियान निरन्तर लाग्नुपर्ने डा.कोइरालाले जोड दिए ।
उहाँले भन्नुभयो , रमणिय ठाउँ धरान २० विकट पनि रहेकोले यस क्षेत्रको विकास र सडक पुर्वाधारको लागि पहल र सहयोग गर्ने छु ।
लालीगुराँस राष्ट्रिय फुलसंगै महत्वपूर्ण रहेकोले पर्यटन प्रवर्द्धनमा कोशेढुँगाको रूपमा स्थापित हुने धारणा राख्दै पर्यावरणको लागि र नेपालको लागि र सबैको सन्ततिको निम्ति यो क्षेत्रमा सधै आफ्नो साथ र सहयोग रहले बताए ।
समुन्द्र सतह भन्दा १४०० मिटरको उचाइमा यस वंशिला ठाउँ रहेकोले यस ठाउँमा लालीगुरास फुल्ने उपयुक्त हावापाी रहेकोले यो अभियान सुरु गरिएको सुनसरी क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिए ।
धरानलाई एउटा लालीगुरासको शहर भनेर बिस्थापित गर्ने उदेश्यले लालगिुरास रोपन गर्न सुरु गरिएको हो । धरान २० कै एउटा विकट ठाउँ जहाँ ध्यान केन्द्र पनि रहेकोले यो अभियानले धरानको एउटा पर्यटकिय हिसाबले वंशिला स्थापित हुन्छ र लाीलगुरास फुल्न सुरु गरे संगै वंशिला वासीलाई ठुला सहयोग पुग्ने र जिवनयापनमा परिवर्तन आउने विश्वास  व्यक्त गरे ।
बिकट र पछाडि परेको क्षेत्र भएपनि प्राकृतिक रूपमा धनी वंशिलामा यो अभियानले पर्यटन प्रबर्धनमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री उमेश थापा, वरिष्ठ पत्रकार हर्ष सुब्बा, केन्द्रिय सदस्य रबि कोइराला, पुर्व प्रदेश सांसद ज्योती सुब्बा लगायत स्थानियको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद