Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष

मिडियाकर्मीसँग पब्लिक हाइ स्कुल

पब्लिक हाइ स्कुल, धरान १२ ले मिडियाकर्मीसँग अन्तरक्रिया सम्पन्न गरेको छ । सोमबार विद्यालयको पुस्तकालयको हलमा सम्पन्न “शैक्षिक अभिवृद्धिका लागि मिडियाकर्मीसँग अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको थियो ।  विद्यार्थी संख्यासँगै गुणस्तर अभिवृद्धिका लागि विद्यालय प्रयत्नरत रहेको जानकारी गराउँदै विद्यालयको भावी योजना विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झाले बताए । मिडिकर्मीहरू समाजको सचेत वर्ग भएकाले मिडियाकर्मीहरूसँगको अन्तरक्रियाबाट आएको सुझाव विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि महत्वपूर्ण हुने बताए ।
अन्तरक्रिया कार्यक्रमको खुल्ला सत्रमा धरानका भिडियाहरूमा संलग्न मिडियाकर्मीहरूले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए । 
नेपालको पुरानो सामुदायिक विद्यालयमध्ये श्री पब्लिक हाइ स्कुलमा पूर्व प्राथमिक कक्षादेखि १२ कक्षासम्म अग्रेजी माध्यमबाट अध्यापन भैरहेको छ । विद्यालयमा व्यवस्थापन, शिक्षा, मानविकी, विज्ञान, इलेक्ट्रिकल, होटल मेनेजमेन्ट र व्युटिसियन गरी जम्मा ७ वटा समुहमा अध्ययापन भैइरहेको छ ।  शिक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको विद्यालयमा ३४४९ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । कक्षा ११ मा कम्प्युटर विषय र कक्षा ९ मा ऐच्छिक गणित, ऐच्छिक विज्ञान विषय अध्ययन अध्ययापन हुने गरेको छ ।
सामुदायिक विद्यालयहरू खाडिमुलुक जाने र निजि विद्यालयहरू युरोपियन मुलक जाने जनशक्ति उत्पादन गर्ने केन्द्रको रुपमा रहेको औल्याउँदै अब विद्यालय भनेका देशकालागि आवश्यक नागरिक निर्माण गर्ने केन्द्रको रुपमा विकास गर्नुपर्ने  विशेष अतिथि प्रदेश योजना आयोगका सदस्य माननीय भवानी बरालले बताए ।
कार्यक्रममा सहभागी मिडियाकर्मीहरूलाई स्वागत गर्दै विभिन्न दृष्टीकोणले पब्लिक हाइ स्कुल नमुना विद्यालयको रुपमा स्थापित हुँदै गएको सहायक प्रधानाध्यापक लेखनाथ भट्टराईले जानकारी गराए । विद्यालय नेपाल सरकारको नमुना विद्यालयको रुपमा रहेको, विज्ञान(भौतिक, रसायन र जीव) विषय प्रवर्धनका लागि सरकारले छनौट गरेको साथै नेपालको विद्यार्थी संख्याको दृष्टीकोणले पनि बिग स्कुलमा परेको समेत भट्टराईले जानकारी गराउनु भएको थियो ।
शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र कुमार राईले विद्यालयको प्रगतिमा शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई केन्द्रमा राखेर सबै पक्ष मिलेर काम गरिरहेको बताए । कार्यक्रम संचालनको क्रममा विद्यालयमा विद्यार्थीको संख्या ठूलो भएपनि पूर्व प्राथमिक, प्राथमिक, माध्यमिक र साइन्स तथा इलेक्ट्रिकल समुहमा विभाजन गरेर शैक्षिक गतिबिधिहरू संचालन गरिरहेकोले प्रत्येक विद्यार्थीको व्यक्तिगत रुपमा निगरानी हुनेहुँदा शैक्षिक गुणस्तरमा सहयोग पुगिरहेको साइन्स तथा इलेक्ट्रिकल इन्चार्ज मोहन श्रेष्ठले बताए ।
विद्यालयको समग्र विकासमा व्यवस्थापन समितिले खेल्नु पर्ने भूमिकामा आफुहरूले कुनै पनि कमी हुन नदिएको र सबैको साथ सहयोग र सहभागितामा विद्यालय संचालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीले बताए।
कार्यक्रममा विद्यालयका एकाडेमिक इन्चार्ज विरेन्द्र बहादुर शाह, वरिष्ट पत्रकार हर्ष सुब्वा लगायत शिक्षक कर्मचारीहरुको पनि सक्रिय सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।