Roamwings.com

https://www.facebook.com/roamwingstravel/

मौसम

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

सिन्धुपाल्चोक ;गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।
विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो ।
पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार वर्षा सुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको जनाउँदै अब ह्युमपाइप झिकेर सुरक्षित राखिने बताए ।

छुटाउनुभयो कि ?

मौसम

केही प्रदेशमा वर्षाको सम्भावना,

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार
मौसम स्वास्थ्य/जिवनशैली

बर्दिया अस्पतालमा बिरामीको चाप , ‘लू’ को जोखिम उच्च

सरदर ओपीडीको रेर्कडमा बिरामीको संख्या २५० हुनुपने हो तर, बर्दिया अस्पतालमा सोमबार बिरामीको संख्या (४००) ह्वात्तै बढ्दा रेकर्ड ब्रेक भयो