Roamwings.com

https://www.facebook.com/roamwingstravel/

मौसम

आजको मौसम अप्डेट : यी चार प्रदेशमा बिहानैदेखि वर्षा,

धरान : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि राति नै देखि वर्षा भरहेको छ। अन्य स्थानमा बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेशको थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

छुटाउनुभयो कि ?

मौसम

केही प्रदेशमा वर्षाको सम्भावना,

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार
मौसम स्वास्थ्य/जिवनशैली

बर्दिया अस्पतालमा बिरामीको चाप , ‘लू’ को जोखिम उच्च

सरदर ओपीडीको रेर्कडमा बिरामीको संख्या २५० हुनुपने हो तर, बर्दिया अस्पतालमा सोमबार बिरामीको संख्या (४००) ह्वात्तै बढ्दा रेकर्ड ब्रेक भयो