Roamwings.com

https://www.facebook.com/roamwingstravel/

स्वास्थ्य/जिवनशैली

‘आँखालाई माया गर्नुहोस’ लोकार्पण

काठमाडौँ, ; नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क र तिलगङ्गा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले ‘आँखालाई माया गर्नुहोस’ नामक बालबालिका लक्ष्यित आँखा स्वास्थ्य प्रवर्र्धन गर्ने चेतनामूलक पुस्तक आज यहाँ आयोजित एक कार्यक्रममा संयुक्त रूपमा लोकार्पण गरे ।
अष्ट्रेलियाली दूतावासको सहयोगमा अष्ट्रेलियाली सामाजिक उद्यमी तथा रोटरियन सान्ड्रा फिडेल्डीको परिकल्पनामा नेपालका विज्ञ मिथिला कलाकारहरूको टोलीद्वारा तयार पुस्तक तिलगङ्गा आँखा प्रतिष्ठानको बाल आँखा उपचार विभागबाट उपलब्ध हुने यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।
त्यस अवसरमा राजदूत भोल्कले प्रस्तुत पुस्तिकाबाट अष्ट्रेलिया र नेपालबीचको जनस्तरको सम्बन्धलाई प्रवर्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । सान्ड्रा फिडेल्डेलीले निःस्वार्थ रुपमा नेपाली बालबालिका कलाकार र स्वास्थ्यकर्मीमा पु¥याएको सहयोगको प्रशंसा गर्दै उनले दुई देशका जनताको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत मिलेको बताए ।
प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत गुरुङले पुस्तक प्रकाशनलगायत गतिविधिबाट नेपाल–अष्टे«लिया सम्बन्ध विस्तारमा योगदान गर्ने बताए ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका