Roamwings.com

https://www.facebook.com/roamwingstravel/

खेलकुद

नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश विजयी

धरान: आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशले नेपाललाई पराजित गरेको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा भएको अन्तिम खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेको हो।
टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो। जवाफी ब्याटिङका क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र जोडेको हो। नेपालले लगातार तीन विकेट गुमाएको थियो।

नेपालका लागि कुशल मल्लले ४० बलमा सर्वाधिक २७ रनको योगदान गरे। उनले १ चौका र १ छक्का प्रहार गरे।
यसैगरी दीपेन्द्रसिंह ऐरीले २५ रनको योगदान गरे। उनले ३१ बलमा एक छक्का र २ चौका प्रहार गरे। ओपनर आशिफ शेखले शेखले १४ बलमा चार चौका प्रहार गर्दै १७ रन बनाए। कुशल भुर्तेलले ८ बलमा एक चौका प्रहार गर्दै बाहिरिए। रोहितकुमार पौडेल ६ बल र सन्दीप जोराले बलमा १/१ रनको योगदान गरे। सोमपाल कामी, गुलशन झा, अभिनाश बोहोरा शून्य रनमा आउट भए। लगातार विकेट जाँदा क्रिजमा आएपनि सन्दीप लामिछानेले ब्याटिङ गर्न पाएनन्।

बंगलादेशका लागि तन्जिम हसन साकिबले सर्वाधिक ४ विकेट,मुस्ताफिजुर रहमानले ३ विकेट,शकिब अल हसनले २ विकेट र तस्किन अहमदले १ विकेट लिए.

त्यस अगाडि बंगलादेशका लागि शाकिब अल हसनले १७ रन, महमुदुल्लाह र रिशाद हुसेनले १३/१३ रन, जाकिर अली र तस्किन अहमदले १२/१२ रन, तौहिद हृदयले ९ रन, नाजमुल हसिन सान्तोले ४ रन, नान्जिम हसन साकिब र मुस्ताफिजुर रहमानले ३/३ रनको योगदान गरे। तान्जिद हसन शून्य रनमै आउट भए।

नेपालका लागि रोहितकुमार पौडेल,सन्दीप लामिछाने,सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए। योसँगै बंगलादेश सुपर आठमा प्रवेश गरेको छ।

सन्दीप लामिछाने बने टी-२० आईमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली बलर

नेपालका पुर्वकप्तान एवम् लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। आईसीसी टी-२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा सोमबार बिहान भएको खेलमा दुई विकेट लिएसँगै लामिछाने छिटो १०० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बनेका हुन्।

उनले ५४ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् । १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै लामिछानेले विकेट पूरा गरे । त्यस अगाडि उनले १४ ओभरको दोस्रो बलमा बंगलादेशका तन्जिम हसन साकिब आउट गरेका थिए।

अघिल्लो खेलमा चुक्दा पहिलो बलर बन्नबाट लामिछाने चुकेका थिए। अफगानिस्तानका रासिद खानको नाममा छिटो सय विकेट पूरा गर्ने खेलाडीको नाम रहेको छ । उनले ५३ खेलमा १०० विकेट लिएका छन्।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक