Roamwings.com

https://www.facebook.com/roamwingstravel/

सहित्य/सिर्जना

डा. पुरण राईको पाँच कृतिमाथि धरानमा परिचर्चा

धरान (सुनसरी), ३२ जेठः लेखक तथा साहित्यकार डा पुरण राईद्वारा लिखित विभिन्न पाँच कृतिमाथि आज धरानमा परिचर्चा गरिएको छ । कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका प्राडा अस्मिता बिष्ट र उपप्राध्यापक राजेश विद्रोहीले राईका कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।

भिडियो हेर्नुहोस


डा राईको कृतिमा ‘आप्रवासी नेपाली कवितामा अलङ्कार विधामा प्राडा टङ्क न्यौपानेले चर्चा गगरेका थिए ,भने कथासङ्ग्रह ‘अस्तु’माथि उपप्रध्यापक तथा साहित्यकार राजेश विद्रोहीले भनाइ राखेका थिए ! साथै प्राडा अस्मिता विस्टले उपन्यास ‘वसन्त ऋतु’, ‘कोभिड डायरी’माथि सहप्राध्यापक डा महानन्द तिम्सिना चर्चा गर्नुभएकाे थियाे । साेही अवसरमा ‘लासमाथि मानव कृति’मा पनि चर्चा गरिएकाे थियाे ।
कार्यक्रममा विभिन्न विधामा रहेका पाँच जनालाई सम्मान गरिएको थियो । नेपाली भाषा क्षेत्रमा योगदान पु¥याउनुहुने प्राडा टङ्कप्रसाद न्यौपाने, पत्रकार दशरत किराँती, कवि बम देवान डा शरणकुमार राई, बिमल पुस्तकालयका प्रमुख पूर्णबहादुर गुरुङ, साहित्यकार कुन्ता शर्मालाई दोसल्ला र सम्मान पत्रसहित सम्मान गरिएको थियो ।
डा पुरण राईले आमा मौलशोभा राईको सम्झनामा विभिन्न क्षेत्रमा सक्रिय आमाहरुलाई प्रतिआमा रु ५० हजारसहित सम्मान गर्ने समेत घोषणा गरे । कवि विमल गुरुङ स्मृति पुस्तकालय अनलाइन अभिलेख प्रालिको आयोजनामा भएको कार्यक्रमको अध्यक्ष तथा कार्यक्रम संयोजक पत्रकार एवम् साहित्यकार प्रदीप मेन्याङ्बोले गरेका थिए
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रा डा टङ्कप्रसाद न्यौपाने, डा अस्मिता बिष्ट, डा महानन्द तिमल्सिना, राजेश विद्रोही, किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई, सुनसरी जिल्ला कार्यसमिति उपाध्यक्ष नगेश चन्द्र राईलगायतको उपस्तिथि थियो ।
रासस

छुटाउनुभयो कि ?

सहित्य/सिर्जना

अन्तराष्ट्रीय मातृभाषा दिवसको अवसरमा मातृभाषा साहित्य पुरस्कार प्रदान

कोले न्युज: बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस धरानमा मनाएका छन। मातृभाषा सेवीहरूलाई राष्ट्रिय पुरस्कार पनि प्रदान