Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष स्वास्थ्य/जिवनशैली

दर्शन मन्डलीमा निशुल्क आँखा शिविर ,होप धरानद्रारा ४ मेडिया सम्मानित

धरान, ३२ जेठ – धरान ११ स्थित दर्शन मण्डलीको प्राङ्गणमा आज एकदिने निशुल्क आँखा शिविर आयोजना गरियो। यो शिविर दर्शन मण्डलीको आयोजनामा, होप धरानको सहकार्यमा, र विराटनगर आँखा अस्पतालका प्राविधिक डाक्टरहरूको समित्वमा सम्पन्न भएको हो। बिहान १० बजे सुरु भएको उक्त शिविर साँझ ४ बजे सम्म सञ्चालन भयो।

शिविरमा करिब ४०० जनालाइ सेवा दिने लक्ष्य गरिएको छ। सहभागीहरुलाई आवश्यक औषधि र चश्माको समेत व्यवस्था गरिएको थियो। मोतीबिन्दु भएका बिरामीहरुको लागि निशुल्क शल्यक्रियाको सुविधा पनि प्रदान गरिने भएको छ।

शिविरमा विशेषतः गरिब तथा असहाय नागरिकहरुलाई लक्षित गरिएको थियो, जसले गर्दा आर्थिक कारणले आँखा सम्बन्धी समस्याहरुको उपचार गर्न असमर्थ भएका व्यक्तिहरुलाई ठूलो राहत मिलेको छ।

यस अवसरमा, होप धरान संस्थाले समाजमा यथार्थ चित्रणलाई निस्वार्थरुपमा प्रस्तुत गर्दै आएका मिडिया प्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको थियो। होप धरानले राज्यको चौथो अङ्ग भनिने मिडियाहरुलाई मायाको चिनो, प्रमाण पत्र, र नगद राशिले सम्मानित गर्यो।

दर्शन मण्डलीका आयोजकहरुले यस प्रकारको शिविरले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। यस्ता कार्यक्रमहरु स्थानीय सरकारले अझै बृहत रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ। शिविरमा सहभागिता जनाएका नागरिकहरुले यस प्रकारका कार्यक्रमहरुको निरन्तरता हुनु पर्ने माग राखेका छन्।

शिविरको सफलताका लागि योगदान पुर्‍याउने सबै संस्थाहरुलाई आयोजकहरुले धन्यवाद व्यक्त गरेका छन्। विशेष गरी, बिराटनगर आँखा अस्पतालका प्राविधिक डाक्टरहरुको मेहनत र समर्पणलाई उच्च मूल्याङ्कन गरिएको छ।

यो शिविरले स्थानीय स्तरमा स्वास्थ्य सेवाको पहुँचलाई सुधार गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ। आगामी दिनहरुमा पनि यस्ता समाजसेवी कार्यहरु निरन्तर सञ्चालन गरिने योजना रहेको आयोजकहरुले जनाएका छन्।

भिडियो हेर्नुहोस

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।