Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष राजनिती

धरानका मेयर हर्क साम्पाङलाइ क्षेत्र अधिकारको दुरुपयोग गरेको आरोप : कार्यपालिका सदस्यहरूको असहमति

धरान,जेष्ठ ३० – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो क्षेत्र अधिकारको दुरुपयोग गरेको आरोपमा विवादमा परेका छन्। प्रमुख शाखा अधिकृत बिना कार्यपालिका बैठक बोलाएपछि कार्यपालिका सदस्यहरूले असहमति जनाउँदै पत्रकार सम्मेलन आयोजना गरेका छन्।

कार्यपालिका सदस्यहरूले आयोजित पत्रकार सम्मेलनमा मेयर साम्पाङको कार्यशैलीप्रति गम्भीर आपत्ति प्रकट गरे। उनीहरूले मेयरले प्रमुख शाखा अधिकृतको अनुपस्थितिमा बैठक बोलाउनु कानुनी प्रक्रियाविपरीत रहेको बताए। यस कार्यले उपमहानगरपालिकाको प्रशासनिक संरचना र नियमावलीको उल्लंघन भएको उनीहरूको भनाइ छ।

सदस्यहरूले उक्त बैठकमा सहभागी नहुने निर्णय गर्दै भने, “यो कानुनी र प्रशासनिक प्रक्रियालाई नै चुनौती दिने कार्य हो। यस प्रकारको मनोमानी निर्णयहरू स्वीकृत गर्न सकिँदैन।”

सदस्यहरूले मेयर साम्पाङमाथि थप आरोपहरू पनि लगाए। उनीहरूको भनाइमा, मेयरले पालिकाका कर्मचारीहरूको सरुवा र नियुक्तिमा पनि आफुखुसी गरेको आरोप छ। यसरी, कानुनी प्रक्रिया मिचेर गरिएको सरुवा र नियुक्तिले प्रशासनिक अस्थिरता निम्त्याउने उनीहरूको दाबी छ।

सदस्यहरूले प्रशासनिक निर्णयहरू कानुनी ढाँचामा हुनु पर्ने र सबै प्रक्रिया पालना गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले भविष्यमा यस्ता मनोमानी निर्णयहरू दोहोरिन नदिन सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराएका छन्।

धरान उपमहानगरपालिकामा पछिल्लो समयमा देखिएको यस विवादले स्थानीय प्रशासनिक क्षेत्रमा नै अस्थिरता उत्पन्न गर्ने संकेत देखिएको छ। मेयर साम्पाङको कार्यशैलीप्रति जनप्रतिनिधिहरूको असहमति र असन्तुष्टिले भविष्यमा अझै कस्तो असर पार्ला भन्ने व्यक्त गरेका छन्।

भिडियो हेर्नुहोस

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद