Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती विचार समाज

कानुनी व्यवधानले मृगौला प्रत्यारोपणमा समस्या भएको मृगौला विरामीको गुनासो

धरान : कबि १८ महिनादेखी दुवै मृगौलमा खराबी आएर दुई साता भन्दा लामो समयदेखि भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलासिस गर्दै आएका धरान १४ का प्रेमप्रसाद पराजुलीले मृगोला प्रत्यारोपणसम्बन्धी कानुनको जटिलताका कारण समयमै मृगौला प्रत्यारोपण गर्न नपाएको भन्दै कानुन संसोधको मागसहित नेपाल सरकारलाई ध्यानकर्षण गराएका छ्न । आफूमात्र हैन प्रत्यारोपण सम्बन्धी कानुनको व्यवधानका कारण धेरैले समयमै मृगौला प्रत्यरोपण गराउन नपाउँदा ज्यान गुमाउनु परेको भन्दै कानुनी जटिलता हटाउन संघीय सरकार अन्तर्गत प्रधानमन्त्री, गृहमन्त्री लगायत सरोकारवालापक्षसँग माग समेत गरेका छन ।


करिब १८ महिनादेखि मृगौला बिग्रिएर विरामी परेका पराजुलीले दुई साता लामो समयदेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलासिस गर्दै आएका छन।

कानुनमा आफ्नै परिवारबाट मृगौला प्रत्यारोपण गर्न सहज भएपनि आफन्त तथा कसैले प्रत्यारोपणका लागि दिए पनि कानुनी बाधा अड्चनले प्रत्यारोपण गर्न नसकिने भएकोले सबैले बाच्न पाउने अधिकारको हनन नहुने गरी विद्यमान कानुनी प्रावधान संसोधन गरेर सहज रुपमा उपचार गराउन पाउनुपर्ने माग उनको छ ।
उनले आफू विरामी हुदा पनि यसलाई अभियानकै रुपमा लाने प्रतिबद्धता व्यक्त गरे । विजयपुर मन्दिर अगाडि फूलमालाको व्यापार गर्दै आएका पराजुलीकी धर्मपत्नी विमला पराजुली समेत लडेर स्पाइनल कर्ड इन्जुरी भएपछि अहिले ५३ बर्षीय पराजुलीलाई समस्या माथि समस्या थपिएको छ । कानुनी बाधा अड्चन रहेकै कारण मृगौला दान गर्नेहरुले सो इच्छाले दिँदा समेत प्रत्यारोपण गर्न नपाइएको उनको गुनासो छ ।
उनले प्रतिष्ठानभित्र डाइलासिस गर्ने विरामीको अवस्थाको विषयमा पनि गम्भीर ध्यानाकर्षण गराए । दिनमा धेरै विरामी डाइलासिस गर्न आउनेहरु जीवनमरणसँग संघर्ष गििररहदा गर्मीको समयमा टिनको छानोमुनि डाइलासिस गराउनुपर्नै बाध्यताले विरामीहरु मारमा पर्नुपर्ने भन्दै यसतर्फ समेत सबैको ध्यानाकर्षण हुन आवश्यक रहेको बताए ।
मृगौला प्रत्यारोपणसम्बन्धी कानुनी जटिलताका कारण सर्वसाधारणले बाँच्न पाउने अधिकार हनन भएको उनले नेपाल सरकारका विभिन्न मन्त्रालय, मानव अधिकारवादी संंघ संस्थालाई कानुन संसोधन गरेर सुलभ उपचारको व्यवस्था मिलाउन पत्राचार समेत गर्नुभएको छ । उनले आफूजस्ता धेरैको समस्याको प्रतिनिधित्व गरेर पत्रकार सम्मेलन गरेको बताउदै आफूले उपचारपछि पुनर्जीवन पाएको खण्डमा स्पाइनल कर्ड इन्जुरी भएका विरामीको सेवामा समर्पित हुने समेत बताए ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद