Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष समाज

साकेला नाच हेर्न गएका युवा तान्सुहाङको सामूहिक कुटपिटबाट मृत्यु

धरान : गत जेठ २० गते धरान-१९ मा वडाका युवाहरूको साकेला नाच हेर्न गएको बेला युवाहरूको एक समूहले कुटपिट गर्दा गम्भीर घाइते भएका १८ वर्षीय तान्सुहाङ लिम्बुको उपचारको क्रममा मृत्यु भएको छ ।

कुटपिटको घट्नामा संलग्न भएको आशङ्कामा प्रहरीले ५ जना युवालाई पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले बताएका छन् ।

डिएसपी भण्डारीले भने ‘घटनाको कारण र प्रमाण नजुटेकाले हालसम्म दोषी को हो भन्ने कुराको पुष्टि भएको छैन ।’ अनुसन्धान जारी रहेकोले घटनाको विवरण सार्वजनिक गर्न समय लाग्ने उनले बताए ।

घट्नामा संलग्न भएको आशङ्कामा प्रहरीले ५ जना युवालाई अनुसन्धानका लागि नियन्त्रण लिएको बताइएको छ । डिएसपी भण्डारीका अनुसार नियन्त्रणमा लिइएकाहरूमा धरान-१९ का सुजन (गोपाल) विश्वकर्मा, दमक-२ का भुवन श्रेष्ठ, धरान-८ का समीर तामाङ, धरान-१६ का पुकार राई र धरान-१ का मनिष लिम्बु छन् ।

प्रहरीले उक्त घटना पुरानो रिसइबीको कारण भएको हुनसक्ने बताएको छ । प्रहरीका अनुसार गत जेठ १६ गते घट्नामा संलग्न आशङ्का गरिएका युवाहरू र तान्सुहाङ बिच सामान्य कुरामा झगडा भएको थियो ।

सोही झगडाको निहुँमा जेठ २० गते राति एक्लै देखेपछि तान्सुहाङलाई निर्घात कुटपिट गरी पक्राउ परेका युवाहरू फरार भएका थिए । गम्भीर घाइते भएका तान्सुहाङलाई उपचारको लागि वीपी प्रतिष्ठानमा लगिएको थियो ।

प्रतिष्ठानले न्युरो अस्पताल विराटनगरमा रेफर गरेपछि उनलाई तत्कालै उपचारको लागि न्युरो लगियो । टाउको छाती लगायत शरीरका विभिन्न अङ्गमा गम्भीर चोट लागेका तानसुहाङको उपचारकै क्रममा गत जेठ २३ गते मृत्यु भएको डिएसपी भण्डारीले बताए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।