Roamwings.com

https://www.facebook.com/roamwingstravel/

आर्थिक

बैंकहरुको क्युआर ट्रान्सफरसहितका अनलाइन सेवा बन्द हुने

बैंकिङ खबरबैंकहरुको अनलाइन सेवा अवरुद्ध हुने भएको छ । भुक्तानी प्रणाली सञ्चालक संस्था फोन पेले आज डेटा अपग्रेड गर्न लागेकोले बैंकहरुको अनलाइन सेवा अवरुद्ध हुने भएको हो ।

दिउँसो १ बजेदेखि ५ बजेसम्म डेटा अपग्रेडिङको काम हुने भएकाले क्युआर ट्रान्सफर, फण्ड ट्रान्सफर लगायतका सम्पूर्ण अनलाइन सेवा बन्द हुने बैंकहरुले जनाएका छन् ।

‘सोमबारका दिन दिउँसो १ बजेदेखि ५ बजेसम्म फोन पे पेमेन्ट सर्भिस लिमिटेडको डेटाबेस अपग्रेट गर्नु पर्ने भएको हुँदा उक्त समयावधिका लागि फोनपेको सबै सेवाहरु अवरुद्ध हुने व्यहोरा आदरणीय सदस्य संस्थाहरु तथा सेवाग्राहीहरुलाई जानकारी गराउन चाहन्छौं’ फोन पेको सूचनामा भनिएको छ । ५ बजेपछि भने अनलाइन सेवा पुरानै अवस्थामा फर्किने फोन पेको भनाइ छ ।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
आर्थिक

पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरि निगमले मूल्य घटाएको