धरान: राष्ट्रिय निजि तथा आवासिय बिद्यालय सङ्घ नेपाल(एन-प्याब्सन) धरानले गणतन्त्र दिवसका अवसरमा मङ्गलबार उप-महानगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।
कार्यक्रममा धरान उप-महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडा प्रमुख अतिथी थिए।
बराह कम्प्लेक्समा भएको प्रतियोगीता सिनियर र जुनियर गरि दुई समुहमा सम्पन्न भएको थियो।
सिनियर तर्फ जेनिथ इङ्लिस बोर्डिङ स्कुलका सायानु राई प्रथम भएकी थिइन। इमानुयल बोर्डिङ स्कुलका मिसिका राई द्वितीय भईन भने पर्बत सेकेण्डरी बोर्डिङ्का निङ्साङ लिम्बू तृतिय भए। सिनियरतर्फ १९ जना बिद्यार्थीहरु सहभागी थिए।
यसैगरी जुनियर्तर्फ के.के.इन्टरनेसनल स्कुलका औरिक पाण्डे प्रथम भए। होली गार्डेन एकेडेमिका अनिरवन श्रेष्ठ द्वितीय र जुनियर पायोनियर स्कुलका थाङ्सा लिम्बू तृतीय भएको कार्यक्रम संयोजक बिजय सिंह थेबेले जानकारी दिए। संयोजक थेबेका अनुसार जुनियरतर्फ २४ जना बिद्यार्थीहरु सहभागि थिए।सिनियर र जुनियर गरि धरान भरिका ३० आवासिय बिद्यालयहरु सहभागी भएको आयोजकले जनाएको छ।
प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पस धरानका उप-प्राध्यापक श्रीप्रसाद राई र ब्लाष्ट टाईम्स दैनिकका सम्पादक भोजराज श्रेष्ठ थिए। प्रथम, द्वितीय र तृतीय बिद्यार्थीहरुलाई एन-प्याब्सन सुनसरीका अध्यक्ष योवा राई, एन-प्याबसन धरानका अध्यक्ष एबम कार्यक्रमका सभाध्यक्ष भगत लिम्बू, प्याब्सन धरानका अध्यक्ष राजकुमार लिम्बु र कार्यक्रम संयोजक थेबेले ट्रफी र प्रमाणपत्र प्रदान गरे।