Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष

‘दिव्य रोशनी’ साप्ताहिकको २०औँ वार्षिकोत्सव: ३ पत्रकार र सामाजसेवी सम्मानित

‘दिव्य रोशनी’ साप्ताहिकको २०औँ वार्षिकोत्सवमा शुक्रवार
दिव्य रोशनी साप्ताहिक पत्रिकाको २० औं वार्षिकोत्सवको अवसरमा ३ जना पत्रकार सहित एक सामाजिक अभियन्तालाई सम्मान गरिएको छ ।

धरानबाट साप्ताहिक रुपमा प्रकाशीत हुने दिब्य रोशनी साप्ताहिक पत्रिकाको स्थापना भएको २० बर्ष प्रवेश गरेको वार्षिकोत्सवको अवसरमा धरानलाई कार्यक्षेत्र बनाएर पत्रकारिता क्षेत्रमा निरन्तर काम गरिरहेका तीन जना पत्रकारलाई सम्मान गरेको छ।

हरेक बर्ष दिव्य रोशनी पत्रीकाको बार्षिक उत्सबमा पत्रिकाका सम्पादक/प्रकाशक मनिता चाम्लिङले आफ्ना स्वर्गीय पिता क्वीन गोरखा इञ्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राईको नाममा स्थापना गरेको “उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान” बाट ब्लाष्ट टाईम्स दैनिकी संम्वादाता स्नेहा श्रेष्ठ, हाम्रो कोशी आवाजका शेखरनाथ योगि सम्मानित भएका छन ।

त्यसैगरी चाम्लिङले आफ्ना दिवंगत कान्छा दाजु स्व. बाजुन राईको नाममा स्थापना गरेको “सृजनशील युवा पत्रकारिता सम्मान” सामुदायिक रेडियो गणतन्त्र एफ एमका म्यानेजिङ डाईरेक्टर रोहित कुमार बस्ने (डेबिट) समान गरेको छ।

कार्यक्रमको प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बोल्दै विष्णुपादुकाका स्थानियबासी खानेपानीको समस्या लिएर धरान उपमहानगरपालिकामा प्रतिनिधि मण्डल आउँदा मेयर साम्पाङको कार्यकक्षमा भएको चर्काचर्कीको भिडियो नखिच्न प्रतिनिधि स्थानियबासीले आग्रह गर्दै दबाब समेत दिएका थिए ।

मेयर साम्पाङ समर्थकहरूले उक्त घट्नामा खिचेको भिडियो फोटो लिएर व्यक्तिको मानमर्दन, बेइज्जती हुने टिकटक समेत बनाएपछि विवाद चर्किएको थियो । टिकटकमा प्रतिनिधि मण्डलमा आएको महिलालाई वडाध्यक्षको लभर भनी सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने सम्मको अश्लील भाषा प्रयोग समेत गरिएको थियो ।

विष्णुपादुकामा भएको विवादमा मेयर साम्पाङ चरित्रहत्या गरिएकोमा माफी माग्दै फेसबुक मार्फत ‘त्यस्तो कार्य कसैले गर्न नहुने सार्वजनिक आग्रह’ गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि मेयर साम्पाङले उक्त घट्नाका बारेमा भने केही उल्लेख गरेनन् । उनले मेयरको कार्यकक्षमा सबै पत्रकारलाई कुनै बेला आएर समाचारको लागि फोटो, भिडियो खिच्न आफूले कुनै रोकटोक नगर्ने बताए ।

‘दिव्य रोशनी’ साप्ताहिककी सम्पादक/प्रकाशकले मनिता चाम्लिङले भने युट्युबरहरुले विषयवस्तु भन्दा फरक उत्तेजनात्मक शीर्षक दिएर भिडियो राख्ने गरेकोले समाजमा गलत सन्देश गइरहेको बताउँदै कार्यशैली सुधार गर्नुपर्ने कुरामा जोड दिइन् ।

वार्षिकोत्सवको केक काटेर सम्पादक/प्रकाशक मनिता चाम्लिङले मेयर साम्पाङ साम्पाङलाई खुवाएकी थिइन् । उक्त अवसरमा वरिष्ठ पत्रकार हर्ष सुब्बा, इलाका प्रहरीका डिएसपी मानबहादुर राई, महिला सञ्जाल अध्यक्ष सपना राई, वडा ४ का अध्यक्ष धनबहादुर राई, सम्मानित युवा समाजसेवी निश्चल पलिखेले पत्रिकाको निरन्तरताको शुभकामना प्रकट गरेका थिए ।

उक्त अवसरमा ३ जना पत्रकारलाई ५ हजार ५०५ रुपैयाँको दरले पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृतहरूमा रोहितकुमार बस्नेत, स्नेहा श्रेष्ठ, शेखर योगी छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।