धरान: -याडिकल लाईट नेपाल प्रा.लि.धरानद्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को दोश्रो चरणबाट १९ जना सहभागीहरु छनोट भएका छन।
धरान-८ स्थित सहिद स्मृति मा.बि. को सभा हलमा शुक्रबार सम्पन्न दोश्रो चरणबाट १९ जना सहभागिहरु सेमि फाईनलमा प्रबेस गरेका हुन।
दोश्रो चरणको लागि "वातावरण संरक्षण र बिकास" र विद्यार्थी र राष्ट्रियता गरि दुई वटा शिर्षकहरु रहेका थिए। दिइएका दुई वटा शीर्षक मध्ये सहभागीलाई कुनै एउटा शिर्षक छानेर बोल्न दिइएको थियो। प्रतियोगिताको निर्णायकहरु महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक राजेस बिद्रोही र सहिद स्मृति मा.बि.का शिक्षक टन्क भट्टराई रहेका थिए।
एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै उचित प्लेटफम प्रदान गर्ने उद्वेश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि. का अध्यक्ष कार्कीले जानकारी दिए।
प्रतियोगितामा प्रथम,दोश्रो, तेश्रो र सान्तवना हुनेले क्रमश: २० हजार,१५ हजार, १० हजार, ५ हजार नगद र प्लस टु अध्ययनका लागि शत प्रतिशत, ७० प्रतिशत, ६० प्रतिशत र ५० प्रतिशत छात्रबृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ।
सेमि फाईनल आगामी ज्येष्ठ -१५ गते गणतन्त्र दिवसका दिन गरिने आयोजकले जनाएको छ।
कोले न्युज: बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस धरानमा मनाएका छन। मातृभाषा सेवीहरूलाई राष्ट्रिय पुरस्कार पनि प्रदान