धरान: फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालित एफ.टि.एल.अनलाईन टिभिको आयोजनामा एस.ई.ई. दिएर बसेका बिद्यार्थीहरुका लागि भएको कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ को सेमि फाईनलबाट गायनमा १० र नृत्यमा १० जना उत्कृष्ट प्रतिष्पर्धीहरु फाईनलमा प्रबेश गरेका छन ।
धरान-१६ स्थित यु.एन. सेमिनार हलमा सनिबार सम्पन्न सेमि फाईनलबाट गायनमा १० र नृत्यमा १० गरि २० जना सहभागीहरु फाईनलमा प्रबेस गरेका हुन।
गायन तर्फको निर्णायकहरुमा भोइस अफ नेपाल सिजन-२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू, सङ्गित प्रशिक्षक/गायक बिनायक राई र गायिका जमुना राई थिए। त्यस्तै नृत्य तर्फको निर्णायकहरुमा वरिष्ठ नृत्य प्रशिक्षक मनि राई, राष्ट्रिय कोरियोग्राफर प्रीतम साम्बाहाम्फे र नृत्य प्रशिक्षक प्रनिता तामाङ थिए।
समयको सदुपयोग गर्दै गायन र नृत्य प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गर्न आईडलको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिनु भयो।
शिक्षाका लागि सङ्गीत भन्ने मुल नाराका साथ संचालन भएको एस.ई.ई.आईडलले बिद्यार्थीहरुको अध्ययनमा सहज हुने र उनीहरुभित्र लुकेर रहेको प्रतिभालाई प्रष्फुटन गराउन सघाउ पुग्ने इभेन्ट म्यानेजर तिर्थ कार्कीले बताउनु भयो।
आईडलमा कोशी प्रदेसका झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम, भोजपुर, पाँचथर, इलाम लगायतका जिल्लाबाट सहभागिहरु आएको इभेन्ट निर्देशक राम बहादुर लिम्बुले बताउनु भयो।
आयोजकका अनुसार एस.ई.ई.आईडल गायन र नृत्य दुबै तर्फका बिजेता, फष्ट रनर अप र सेकेण्ड रनर अपले क्रमश: ५० हजार, ३० हजार र २० हजार नगद प्राप्त गर्ने छन। त्यसैगरी कक्षा-११ र १२ को अध्ययनका लागि क्रमश: शत प्रतिशत, ८० प्रतिशत र ७० प्रतिशत छात्रवृत्ति पाउने छन।
ग्राण्ड फिनाले आगामी असार – ७ गते शुक्रबार धरान-१५ स्थित किरात याक्थुङ चुम्लुङभवनमा हुने आयोजकले जनाएको छ।