Roamwings.com

https://www.facebook.com/roamwingstravel/

स्वास्थ्य/जिवनशैली

धरानका शिखर युवा समाजद्वारा रक्तदान

धरान: धरान उपमहानगरपालिका -१ मा आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् ।
शनिबार १ नम्बर वडाको शिखर चौकस्थित शिखर युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका हुन् ।

‘रक्तदान नै जीवनदान हो’ भन्ने मुलनाराका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको सस्थाका अध्यक्ष युनेश राना मगरले जानकारी दिए । धरानमा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतीष्ठान जस्तो प्रतिष्ठीत अस्पताल रहेको बताउदै त्यहा उपचार गर्न आएका विरामीहरुलाई रगतको अभाव नहोस् भन्ने हेतुले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष राना मगरले बताए।

रक्तदानमा युवाहरूको सहभागिता महत्त्वपूर्ण हुने भएकोले शिखर युवा समाजले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आईरहेको अध्यक्ष राना मगरले जानकारी दिए । उक्त कार्यक्रममा रेडक्रसका सभापति उमेश थापा, निवर्तमान नगर प्रमुख तिलक राई, सस्थाका सल्लाहकार श्याम पोख्रेल, १३ नम्बर वडाका अध्यक्ष नेत्र काफ्ले, वडा सदस्य रिता शुन्दास लगायतको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका