Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

आठौँ अधिवेशनको ‘लोगो’ एमाले सुनसरीद्वारा सार्वजनिक

नेकपा एमाले सुनसरीको आगामी जेठ ५, ६ र ७ गते हुने अधिवेशनका लागि ‘प्रतीक चिह्न’ लोगो सार्वजनिक गरेको छ । इटहरीमा सोमबार पत्रकार सम्मेलन गर्दै एमाले जिल्ला कमिटी सुनसरीले ‘लोगो’ सार्वजनिक गरेको हो ।

लोगोले सुनसरी जिल्लाको समावेशिता, बहुधार्मिकता, पर्यावरणीय सुन्दरता, बहुआयामिक भौगोलिक विविधता, जैविक विविधतायुक्त पर्यटकीय क्षेत्र, कोशीटप्पु वन्यजन्तु आरक्ष, कृषिको आधुनिकीकरण र उद्यमशीलतालगायतका सुनसरी जिल्लाको बहुआयामिक पहिचानलाई देखाउने प्रयास गरेको जिल्ला उपाध्यक्ष निलम खनालले बताए ।

‘पार्टी अधिवेशनले नेतृत्वको पुस्तान्तरण र हस्तान्तरण मात्र नभएर, जिल्लाको समृद्धि र समग्र विकासको खाकासमेत कोर्ने भएकाले प्रतीक चिह्नले समेत नेकपा एमालेको जिल्ला निर्माणको भिजनको प्रतिनिधित्व गर्नुपर्छ,’ उपाध्यक्ष खनालले भने ।

एमालेको सातौँ जिल्ला अधिवेशन इनरुवामा आयोजना गरिएको र आठौँ अधिवेशन इटहरीमा गर्न लागिएको उपाध्यक्ष खनालले बताए । पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई उनले जिल्ला अधिवेशन र यसको सन्देशलाई आम जनमानसमा पुर्‍याउन अनुरोध गरे ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद