धरान: पढाईका अतिरिक्त विभिन्न कार्यक्रमलाई निरन्तरता दिदै आएको हिविस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ मा शुक्रवार आयोजना गरीएको वर्ल्ड च्याम्पियनशिपका लागि छनोट चरणको वक्तृत्वकला प्रतियोगितामा हिविस्कसकी दिविका राई प्रथम हुन सफल बनेकी छिन् ।
कक्षा ६ देखि १० सम्मका आफ्ना १५ जना प्रतिष्पधीलाई पछि पादैै उनी प्रथम हुन सफल वनेकी हुन ।एजुकेटर अप्टिमिस्ट क्लब धरानको आयोजना र हिबिस्कस स्कुलको सह–कार्यमा भएको प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका १५ जना विद्यार्थीहरु सहभागी भएका थिए ।
प्रतियोगितामा कक्षा–१० मा अध्ययनरत छात्रा दिविकाले प्रथम स्थान हात पार्दै राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएकी हुन ।
त्यस्तै प्रतियोगितामा सोही स्कुलकी कक्षा–१० मा अध्ययनरत आयुषा श्रेष्ठ दोस्रो स्थान हात पार्न सफल वनेकी छिन भने प्रतियोगितामा धरान मोडल स्कुलकी आकृति श्रेष्ठ तेस्रो हुन सफल भएकी थिइन ।
"हाउ टु चेन्ज द वल्ड अप्टिमिजम" शीर्षक रहेको सो प्रतियोगितामा स्कुलका सिनियर अङ्ग्रेजी शिक्षक बल बहादुर बस्नेत, शिक्षक नयनराज राई र राजिव तामाङ निर्णायकहरु थिए। कार्यक्रमका अध्यक्ष विजय सिंङ थेवेका अनुसार प्रथम हुने दिविका आगामी बैशाख–३१ गते काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछिन् । सो प्रतियोगितामा उत्कृष्ट भएमा दिविकाले सँयुक्त राज्य अमेरिकामा हुने विश्व प्रतियोगितामा भाग लिन जाने अवसर पाउने अध्यक्ष थेबेले जानकारी दिए।
प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई धरान सिटि अप्टिमिस्ट क्लबका अध्यक्ष बिजय सिं थेवे र कार्यक्रमका अतिथि धरान मोडल स्कुलका प्रिन्सिपल दिपक घिमिरेले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताका सहभागीहरुलाई पनि प्रमाण–पत्र बितरण गरीएको थियो । हिविसकस स्कुलले पढाईका साथ साथै अतिरिक्त क्रियाकलापहरुमा विशेष ध्यान दिदै कार्यक्रमहरु आयोजना गर्दै आएको छ । कार्यक्रम संचालन शिक्षिका चुन्साह लिम्बुले गरेकी थिइन ।