Roamwings.com

https://www.facebook.com/roamwingstravel/

खेलकुद

हराइजन बास्केटबल: ३ बाई ३ संस्करण बैशाख २६ र २७ गते हुने

धरान: हराइजन बास्केटबल रनिङ कप प्रतियोगिता भोली बुधवार देखि ३ बाई ३ विशेष संस्करणमा सञ्चालन गरिने भएको छ । आज मङ्गलवार बिहान पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिएको हो ।

बर्सेनि फुलकोर्टमा राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको हराइजन बास्केटबल क्लबले ३ बाई ३ विशेष संस्करणमा सञ्चालन गरिने भएको छ ।

धरान-१७ स्थित श्री माबि परिसरमा रहेको हराइजन बास्केटबल कोर्टको पूर्व तर्फका बास्केट कोर्ट विद्यालय भवन बनाउनका लागि धरान उपमहानगरपालिकाले पोहोर साल भत्काएकोले फुलकोर्ट सञ्चालन गर्न नसकिएको जानकारी दिएको छ ।

क्लबका अध्यक्ष श्रीभक्त राईले भने, ‘मेयर हर्क साम्पाङले प्रतियोगिता आउन अघि बनाइदिने सहमति गर्नु भएको थियो तर अहिले सम्म नबनेकोले फुलकोर्टमा खेल आयोजना गर्न सकिएन ।’

नयाँ कोर्ट निर्माणका लागि ८ लाख ५० हजारको लागत स्टिमेट बनिसकेपनि यसपालि कोर्ट नबनेको उनले दुखेसो पोखे । भने, ‘हामीले डेलिगेसन गएर आग्रह गरेको छौँ मेयर साबले नयाँ बजेटबाट निर्माण गरिदिने बचन दिएका छन् ।’

क्लबका उपाध्यक्ष पञ्चकला राई, सल्लाहकार प्रकाश राईले धरानमा बास्केटबल खेलको इतिहास बोकेका कोर्ट उपमहानगरपालिकाले पुनः निर्माणमा ढिलाइ गरेकोमा गुनासो प्रकट गरे ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा खुल्ला राष्ट्रिय प्रतियोगितामा कुल १७ वटा बास्केटबल टिम प्रतियोगितामा सहभागी रहने उल्लेख छ । प्रतियोगिता बैसाख २६ र २७ गते संन्चालन हुनेछ। प्रथम पुरस्कार नगद ४० हजार ट्र्फी, मेडल, दोस्रो पुरस्कार २० हजार ट्र्फी मेडल र सर्बोत्कृस्ट खेलाडीलाई नगद ५ हजार ट्र्फी मेडल प्राप्त गर्ने छन।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक