Roamwings.com

https://www.facebook.com/roamwingstravel/

कला/मनोरञ्जन

एस.ई.ई.आईडलका सहभागीहरुलाई अभिमुखिकरण

   धरान,२३ बैशाख : फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचालित एफ.टि.एल.अनलाईन टिभिद्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ का प्रतिष्पर्धीहरुलाई आगामी चरणहरुका बारेमा आईतवार अभिमुखिकरण गरिएको छ।

  धरान-१६ स्थित यु.एन.सेमिनार हलमा गायनबाट ३५ र नृत्यबाट २१ गरि छानिएका ५६ जनालाई अभिमुखिकरण गरिएको कार्यक्रम निर्देसक राम बहादुर लिम्बुले जानकारी  दिनु भयो।

प्रतियोगिताका निर्णायक सङ्गीत प्रशिक्षक/गायक बिनायक राईले आगामी बैशाख -२९ गते हुने क्वाटर फाईनलका लागि लाईभमा गाउदा के के गर्नुपर्छ भन्ने बारे प्रतिष्पर्धीहरुलाई जानकारी गराउनु भयो। यसगरी नृत्यका प्रतिष्पर्धीहरुलाई कल्चरल गीतमा नृत्य गर्नेबारे निर्णायक राईले जानकारी गराउनु भयो।

  कार्यक्रमका इभेन्ट म्यानेजर तिर्थ कार्कीले अनुशासित भई कडा मिहिनेतका साथ तयारी गर्न प्रतिष्पर्धीहरुलाई आग्रह गर्नु भयो। आईडलमा भाग लिएका प्रतिष्पर्धीहरुको अनुशासन, ब्यक्तित्व, प्रस्तुतिकरण लगायतका कुराहरु कस्तो हुनुपर्छ भन्नेबारे इभेन्ट म्यानेजर कार्कीले जानकारी गराउनु भयो। एस.ई.ई. मा सहभागी भएका बिद्यार्थीहरुका लागि एस.ई.ई.आईडल प्रदेसकै सबैभन्दा  ठूलो प्लेट्फम भएको  प्रा.लि.का अध्यक्ष डम्बर कुमार तुम्बापोको दावी छ।

छुटाउनुभयो कि ?

कला/मनोरञ्जन सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
कला/मनोरञ्जन

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता