Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

एमाले धरान उपमहानगर कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

धरान: शनिबार नेकपा एमाले धरान उपमहानगर कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमका सम्पन्न भएको छ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कार्यक्रमलाई संवोधन गर्दै धरानमा नेकपा एमालेले चुनाबमा पराजित हुनुको कारण पार्टीले गंभीर रुपमा लिएर पार्टीको विरासत फर्काउनको लागि पार्टी नेतृत्व र कार्यकर्ता आफैं लाग्नुको विकल्प नभएको वताएका हुन् ।

नेता पाण्डेले नेतृत्व गुमाउनुको कारणको खोजी गर्ने र अहिलेदेखि नै जनमुखी र जनताको काम गरेर जनताकै मन जित्नु पर्ने वताए ।

कार्यक्रममा विशिष्ट अतिथी एमालको केन्द्रिय सदस्य एवम् धरान नगर इन्चार्ज जगदिस कुसियतले मिसन ग्रासरुटको उपलब्धीको समीक्षाबाट मिसन ८४ लक्ष्य पार्टीले एकल बहुमतका साथ विजयी गराउने मूल उद्धेश्य रहेको वताउँदै सोही अनुरुप अहिले देखि नै काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन गरेका छन ।

सो कार्यक्रममा केन्द्रिय सदस्य मन्जु भण्डारीले पार्टीमा जिम्मेवारी लिन होडबाजी हुने गर्ने र जिम्मेवारी पालना गर्ने बेला होडबाजी नहुने कुराले पार्टी चलायमान हुन नसकेको वताइन् ।

उक्त कार्यक्रममा नेकपा एमाले धरानका उपाध्यक्ष पारस काङ्माङ राईले प्रस्तुत गरेको राजनीतिक, साङ्गठनिक प्रशिक्षण प्रतिवेदन र आगामी कार्ययोजना तथा कार्यभार विषयक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकको पहिलो सत्रमा नेकपा एमाले धरानका आर्थिक विभाग प्रमुख शिवराज श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एमाले धरानका उपसचिव योगेशबाबू काफ्लेले स्वागत मन्तव्य राखेका थिए भने सचिव राजेन्द्र राईले संचालन गरेको कार्यक्रममा अग्रज बामपन्थी एमाले नेता इन्द्र कुमा राई र वंशी मोक्तानलाई सम्मान समेत गरिएको थियो ।

कोशी प्रदेश सभा सदस्य तथा एमालेका प्रदेश कमिटी सदस्य विजयकुमार राई, इन्द्रबहादुर राई लगायत पार्टीका प्रदेश तथा जिल्ला र नगर स्तरका नेता तथा कार्यकर्ताको सहभागितामा कार्यक्रम सम्पन्न भएको

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद