Roamwings.com

https://www.facebook.com/roamwingstravel/

सहित्य/सिर्जना

एस.ई.ई.स्पिकरको पहिलो अडिसनबाट २७ जना छनोट

धरान: र्‍याडिकल लाईट नेपाल प्रा.लि.धरानद्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को पहिलो अडिसनबाट २७ जना सहभागीहरु छनोट भएका छन।

   धरान-८ स्थित सहिद स्मृति मा.बि. को सभा हलमा सनिबार सम्पन्न पहिलो अडिसनबाट २७ जना सहभागिहरु दोश्रो चरणमा प्रबेस गरेका हुन। कोशी प्रदेसका विभिन्न जिल्लाबाट  ३५ जना बिद्यार्थीहरु  सहभागि  भएको आयोजकले जनाएको छ । टाढाका सहभागिलाई बैशाख १८ गते सम्म डिजिटल माध्यमबाट  अडिसनको लिइने ब्यबस्था गरिएको प्रा.लि. का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए। पहिलो चरणको डिजिटल अडिसन समेत सम्पन्न भए पछि दोश्रो चरणको प्रतियोगिताको मिति तोकिने कार्कीले जानकारी दिए। पहिलो चरणको अडिसनको शिर्षक "लागू औषध दुर्ब्यसन न्यूनीकरणमा बिद्यार्थीको भुमिका" थियो। प्रतियोगिताको निर्णायकहरु महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक राजेश बिद्रोही र सहिद स्मृति मा.बि.का शिक्षक टंक भट्टराई रहेका थिए।

  एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै उचित प्लेटफम प्रदान गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि. का अध्यक्ष कार्कीले जानकारी दिए। प्रतियोगितामा  प्रथम,दोश्रो, तेश्रो र सान्त्वना हुनेले क्रमश: २० हजार,१५ हजार, १० हजार, ५ हजार नगद र प्लस टु अध्यानका लागि शत प्रतिशत, ७० प्रतिशत, ६० प्रतिशत र ५० प्रतिशत छात्रबृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ।

   कार्यक्रममा सहिद स्मृति मा.बि.का प्रधानाध्यापक राम बहादुर बिष्ट, सुमेधा एजुकेसन नेटवर्क प्रा.लि. का अध्यक्ष सुरेन्द्र घिमिरे, यु.एन. नबोदय कलेजका शिक्षक राम बहादुर लिम्बु, जेम आवासीय मा.बि.का प्रीन्सिपल हरिहर कोईराला , शिक्षिका एबम समाजसेवी सुस्मिता लिम्बू लगायतको उपस्थिति थियो।

छुटाउनुभयो कि ?

सहित्य/सिर्जना

अन्तराष्ट्रीय मातृभाषा दिवसको अवसरमा मातृभाषा साहित्य पुरस्कार प्रदान

कोले न्युज: बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस धरानमा मनाएका छन। मातृभाषा सेवीहरूलाई राष्ट्रिय पुरस्कार पनि प्रदान
सहित्य/सिर्जना

चलचित्र पत्रकार सङ्घको २५ औ बार्षिकोत्सव: पत्रकारहरु सम्मानित र पुरस्कृत

नेपाल चलचित्र पत्रकार सङ्घ कोशी प्रदेश समितिद्वाराचलचित्र पत्रकारितामा लामो समय देखी योगदान पुर्याउदैँ आएका पत्रकार भीषण राई, गोपाल दाहाल र