Roamwings.com

https://www.facebook.com/roamwingstravel/

खेलकुद

चौथो बिक्रम राई स्मृति फुटबल प्रतियोगिताको उपाधी हाम्रो धरान भेट्रान क्लबलाई

शुक्रबार धरान १६ स्थित रंगशालमा चौथो धरान भेट्रान बिक्रम राई स्मृती फुटबल प्रतियोगिताको सम्पन्न फाइनल खेलमा आयोजक धरान भेट्रान क्लबलाई टाइब्रेकरमा ५/३ गोल अन्तरले पराजित गर्दै हाम्रो धरान भेट्रानले पहिलो पटक उपाधी जितेको हो ।

उपाधी जितेको हाम्रो धरान भेट्रानले नगद एक लाख ५ हजार रुपया र ट्रफी हात पारेको छ । उपबिजेता बनेको आयोजक धरान भेट्रानले नगद ६० हजार रुपैयासहित ट्रफी प्राप्त गर्‍यो । निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछी खेलको छिनोफानो ट्राईब्रेकरबाट लिइएको थियो ।

ट्राईब्रेकरमा हाम्रो धरान भेट्रानको तर्फबाट पदम राई, कृष्ण कुमार लिम्बु, राकेश राई, सुरज श्रेष्ठ र राज राई गरी पाँच जना खेलाडीले गोल गर्न सफल भए । आयोजक धरान भेट्रानको तर्फबाट भने बिक्रम श्रेष्ठ, कृष्ण शाक्य र बिष्णु सुनुवारले गोल गर्दा सन्तोष बस्नेतको प्रहार बाहिरिएको थियो ।

बिधागत पुरस्कारतर्फ खेलको उत्कृष्ट खेलाडी धरान भेट्रानका बिष्णु सुनुवार घोषित हुँदै नगद ५ हजार एक सयसहित ट्रफी हात पारे । यस्तै, बेस्ट गोलकिपर हाम्रो धरान भेट्रानका देव सिंह, बेस्ट डिफेन्स हाम्रो धरान भेट्रानका बिकास रानामगर, बेस्ट मिडफिल्डर धरान भेट्रानका रमेश गुरुङ र बेस्ट कोच हाम्रो धरान भेट्रानका हेम गुरुङ घोषित भए । उनीहरुले जनही नगद ३ हजार ५ सयसहित ट्रफी पाए। सर्बाधिक गोलकर्ता धरान भेट्रानका डिल्ली राम श्रेष्ठ घोसित भए । उनले खेल अवधिभर ५ गोल गरेका थिए । उनले पनि नगद ३ हजार ५ सयसहित ट्रफी हात पारे । फाइनल खेलको म्यानअफ दि म्याच धरान भेट्रानका कृष्ण शाक्य घोषित हुँदै नगद दुई हजार एक सयसहित ट्रफी पाए ।

कार्यक्रममा बिजेता तथा उपबिजेता टोलीलाई प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य बिजय राई, कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङलगायतले पुरस्कार बितरण गरेका थिए । उक्त कार्यक्रममा स्वर्गीय बिक्रम राई स्‍मृति पत्रकारिता पुरस्कारबाट सन्चारकर्मी भरत राज शर्मालाई नगद ५ हजार एक सय र प्रमाण पत्रसहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक