Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष

हिबिस्कस बोर्डिङका कक्षा-१२ का बिद्यार्थीलाई बिदाई र एस.ई.ई. दिएकालाई शुभकामना

  धरान-१५ श्यामचोक स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा कक्षा-१२ को अध्ययन पूरा गरि नेपाल परीक्षा बोर्डले लिने बार्षिक परीक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुलाई मङ्गलबार बिदाई गरिएको छ।

   स्कुलको प्राङ्गणमा भएको कार्यक्रममा २०८० सालको माध्यमिक क्षिक्षा परीक्षा(एस.ई.ई.) दिएका बिद्यार्थीहरुलाई शुभकामना दिइएको छ।

कार्यक्रमका प्रमुख अतिथि क्रीयटिभ स्टुडेन्ट सर्कलका सचिब पृथ्वी मगर, स्कुलका म्यानेजिङ डाईरेक्टर गङ्गाराम कुलुङ, प्रीन्सिपल पार्बती लिम्बू लगायतले  कक्षा-१२ का बिद्यार्थीलाई मायाको चिनो प्रदान गरि अबिर र खदा लगाएर बिदाई गरे। कक्षा-१२ र एस.ई.ई.दिएका बिद्यार्थीहरुका तर्फबाट स्कुललाई मायाको चिनो प्रदान गरेको थियो।

 कार्यक्रममा प्रमुख अतिथि मगर, स्कुलका म्यानेजिङ डाईरेक्टर कुलुङ, प्रीन्सिपल लिम्बू, भाईस प्रीन्सिपल बिजय सिंह थेबे, शिक्षिका गीता राई लगायतले कक्षा-१२ का विद्यार्थीलाई उत्कृष्ट अकं ल्याएर उत्तीर्ण हुन र एस.ई.ई. दिएका बिद्यार्थीलाई उच्च अकं ल्याउन शुभकामना ब्यक्त गरे।

कार्यक्रममा बिद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरि मनोरञ्जन दिलाएका थिए। कार्यक्रम कक्षा-११ कि छात्रा सुप्रीया तामाङको अध्यक्षतामा भएको थियो।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।