Roamwings.com

https://www.facebook.com/roamwingstravel/

राजनिती

लिम्बु विद्यार्थी मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन सुरु

लिम्बु विद्यार्थी मञ्च स्थापना भएको २५औँ वर्षमा पुगेको अवसरमा आयोजित लिम्बु विद्यार्थीहरूको अन्तर्राष्ट्रिय महासम्मेलन धरानमा मङ्गलवार देखी सुरु भएको छ ।

चुम्लुङ हिम धरान-१५ मा एक समारोहका बिच प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुले उद्घाटन गरे ।

उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका मन्त्री जवेगुले लिम्बु विद्यार्थी मञ्चको मातृभाषामा व्यवहारिक शिक्षाको माग संविधानले दिएको अधिकारको माग भएको बताउँदै आन्दोलनलाई सकारात्मक अभियानको रूपमा अघि बढाउन अन्तर्राष्ट्रिय सम्मेलनले परिणाममुखी निष्कर्ष निकाल्ने आशा व्यक्त गरे ।

उद्घाटन समारोहमा मञ्चका अध्यक्ष नितेश सिंगकले महासम्मेलनले भाषा, लिपि, धर्म, संस्कार, राजनीति र शिक्षा लगायतका विषयमा गम्भीर छलफल गरी आउँदो दशकका लागि मार्गचित्र स्पष्ट गर्ने बताए ।

५ दिन सम्म चल्ने महासम्मेलनमा दर्जन बढी कार्यपत्रहरूमा छलफल, टिप्पणी भई निष्कर्षको रूपमा लिम्बुवान विजयपुर घोषणापत्र जारी गरिने कार्यक्रम छ । महासम्मेलनमा नेपालको १६ जिल्लाका साथै सिक्किम, दार्जिलिङ, आसाम लगायत विदेशबाट लिम्बु भाषा संस्कृतिका अध्येता, विद्वानहरू सहित विद्यार्थीहरू सहभागी छन् ।

उद्घाटन समारोहमा प्रदेश प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सिक्किम युनिभर्सिटीको प्राध्यापक बल मुरिङला, चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, लालीगुराँस नगरपालिका प्रमुख अर्जुनबाबु माबुहाङ, पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, लिम्बु विद्यार्थी मञ्चका संस्थापक अध्यक्ष नरेन्द्र केरुङ लगायतले शुभकामना मन्तव्य प्रकट गरे । कार्यक्रम सञ्चालन महासचिव प्रदीप नयोङहाङले गरे ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद