Roamwings.com

https://www.facebook.com/roamwingstravel/

धरान विशेष

बिनम र डोल्मा भए मिष्टर एन्ड मिस डल्फिन

धरान,३ चैत्र: धरान-३ स्थित डल्फिन पुर्वान्चल एकेडेमिले आयोजना गरेको मिष्टर र मिस डल्फिन सिजन-५ को उपाधि क्रमश: बिनम राई र डोल्मा तामाङले हात पारेका छन।

     कक्षा-११ लाई स्वागत र कक्षा-१२ लाई बिदाई कार्यक्रमका अवसरमा एकेडेमिको हलमा भएको प्रतियोगितामा मिष्टर र मिस  डल्फिनको फष्ट रनर अप क्रमश:विशाल राई र निर्जला याक्खा  घोषित भए।

    मिष्टर डल्फिनको सब टाईटल तर्फ बेष्ट ट्यालेन्ट पेम्बा तामाङ, बेष्ट डिसिप्लिन सन्देस लम्जेल, बेष्ट स्माईल विशाल राई, मस्ट एक्टिभ राज लिम्बू घोषित भए। यसैगरी बेष्ट पोज बिनम राई, बेस्ट वाक रेसल देवान र बेस्ट फोटोजेनिक आत्मिक योन्जन घोषित भए।

   मिस डल्फिनको सब टाईटल तर्फ बेस्ट ट्यालेन्ट निर्जला याक्खा, बेस्ट स्माईल सारा याक्खा, बेस्ट डिसिप्लिन देवि माया राई, मस्ट एक्टिभ पासाङ्मु शेर्पा घोषित भए। त्यस्तै बेस्ट पोजमा रमिसा पोख्रेल, बेस्ट वाक डोल्मा तामाङ र बेस्ट फोटोजेनिक प्रीतिका राई घोषित भए। बेस्ट भर्सटायल आकृति योन्जन घोषित भईन भने बेस्ट कपल निलिमा राई र पुकार श्रेष्ठ घोषित भए।

बिजेताहरुलाई नेपाल पत्रकार महासङ्घ सुनसरीका सह सचिव तिर्थ कार्की, एभरेस्ट बोर्डिङ स्कुलका अध्यक्ष सन्तबिर पौडेल, गत सालका बिजेता दिवस राई, छात्रातर्फका उप-बिजेता स्मृती योन्जन लगायतले स्लास, बुके, खदा, शिल्ड र प्रमाणपत्र प्रदान गरे। प्रतियोगिताको निर्णायकहरुमा समाजसेवी सुस्मिता लिम्बू, नृत्य निर्देशक बिक्रम शंकर र मिस सगरमाथा -२०७८ कि बिजेता श्रद्धा बिश्वकर्मा थिए।

एकेडेमिका प्रीन्सिपल सन्तोष राईले बिद्यार्थीहरुको अन्तरनिहित क्षमताको अभिबृद्धी गर्ने उद्येस्यले प्रतियोगिताको आयोजना गरिएको बताए। आफ्ना छोराछोरीहरुको निगरानी राखी पढाईलेखाई बारे ख्याल गर्न प्रीन्सिपल राईले अभिभावकहरुलाई आग्रह गरे।

 यसैबिच  कक्षा-११ का बिद्यार्थीहरुलाई अबिर र खदा लगाएर स्वागत गरिएको थियो। कक्षा-१२ का बिद्यार्थीहरुलाई अबिर, टीका लगाई मायाको चिनो प्रदान गरेर बिदाई गरियो।कार्यक्रमको प्रमुख अतिथि समाजसेवी सर्बजित राई रहेका थिए।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।