Roamwings.com

https://www.facebook.com/roamwingstravel/

खेलकुद

गोर्खा ट्रेल व्लेजर विजेता प्रशान्त तामाङ र जुही राई

आज शनिवार बिहान भएको गोर्खा ट्रेल ब्लेजर ८ दशमलव ५ किलोमिटर खुल्ला दौड प्रतियोगिताको पुरुष तर्फ धरानका प्रशान्त तामाङ र महिला तर्फ भोजपुरकी जही राई विजेता भएका छन् ।

उक्त प्रतियोगिता गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको आयोजनामा भएको हो । संयोजन धरान उपमहानगरपालिका र धरान-१८ वडा कार्यालय
सहयोगमा भएको हो।

पुरुष उपाधि विजेता प्रशान्त तामाङले ३१ मिनट ५९ सेकेन्डमा उक्त दुरी पुरा गरेका थिए । महिला विजेता जुही राईले ४१ मिनट ५४ सेकेन्डमा दौड पुरा गरेकी थिइन् ।
विजेता प्रशान्तले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रशान्त फागुन १२ गते सम्पन्न १२औँ धरान १०के रनमा उपविजेता हुन ।

महिला विजेता जुहिले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । उनी पनि १०के रनमा १६ वर्ष मुनिका विजेता धाविका थिइन् । उनी भोजपुरबाट प्रतियोगितामा भाग लिन धरान आएकी हुन ।

प्रतियोगितामा पुरुष तर्फ पवन राई दोस्रो र राजकुमार शेर्मा तेस्रो वने । महिला तर्फ इन्द्रकला नेम्वाङ निक्की दोस्रो र सिर्जना राई तेस्रो भइन् । दोस्रो र तेस्रो उपाधि विजेता महिला पुरुष खेलाडीहरूले क्रमशः जनही नगद १० ,हजार, ५ हजार, मेडल प्राप्त गरे ।

विजेता तथा उपविजेताहरुलाई समापनका सभापति महेन्द्रकुमार राई, प्रदेश सभा सदस्य मिना श्रेष्ठ, नेपाल ओलम्पिक कमिटी सह-महासचिव पीताम्बर तिम्सिना, वडा २० का अध्यक्ष पदम लिम्बु, सुनसरी बास्केटबल सङ्घ अध्यक्ष नारायण सुवेदी, धरान-१८ वडा सदस्य दिलकुमारी राईले पुरस्कार प्रदान गरे ।

उनीहरूलाई सभापति महेन्द्रकुमार राई, संयोजक धरान-१८ वडाध्यक्ष नरेन्द्रकुमार राई प्रवीण र धरान उपमहानगरपालिका पूर्व मेयर तिलक राईले फेटा बाँधिदिएका थिए । प्रतियोगितामा धरान रनको प्राविधिक सहयोग थियो ।

जीवित वीर गोर्खा सैनिकको सम्मानमा आयोजना हुँदै आएको प्रतियोगिता धरान-१८ स्थित रत्न चौक वाट सुरु भएको थियो । चौकवाट सुरु भएको दौड मङ्गलवारे, सर्दु पुल, भन्ज्याङ हुँदै गोर्खा स्मृति पार्कमा समापन भएको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक