अन्तराष्ट्रीय आमन्त्रीत बुढासुब्बा गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको आज बिहिवार पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएका छन। २४ औँ संस्करण फागुन २६ गते शनिवार उद्वाटन हुदैछ।
आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिदै यस पटकको तयारी विगतको भन्दा धेरै राम्रो भएको छ, यस पटक धरान फुटवल क्लबमा पनि स्थानीय खेलाडीहरु मात्र रहेको र प्रतियोगिता जित्ने उदेश्य रहेको बताए।
यस संस्करणको खेलमा ८ वटा टोलीको सहभागीता रहने र खेल तालिका सार्बाजानिक गरेको छ। सहभागी हुने क्लवहरु चर्च ब्वाईज क्लब लिग च्याम्पियन, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब, एन आर टी काठमाण्डौ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ, भारतीय क्लब (युके एफसी) रहेको महासचिव नविन राईले जानकारी दिए ।
पत्रकार सम्मेलनमा मन्तव्य व्यक्त गर्दै धरान समाज युकेका संस्थापक अध्यक्ष राजु लिम्बुले दोस्रो पुरस्कार ५ लाख र धरान युके हेल्पिङ ह्याण्डले थप ४ लाख रुपैया आयोजकलाई सहयोग गर्ने बताए । बुढासुब्बा गोल्डकप सबैको भएकोले सबैबाट साथ, सहयोगको खाँचो रहेको पनि उनले बताए । एनि स्पोट्सका सन्तोष थोप्राले बुढासुब्बा गोल्डकप पुर्वकै सान भएकोले सहकार्य गर्न पाउदा खुशी लागेको बताए । उनले आगामी सँस्करणहरुमा पनि सहयोग निरन्तर गर्ने बताए ।
यसपटकको पुरस्कार राशी पहिलो पुरस्कार १० लाख रुपैयाँ धरान हङकङ मञ्च लगायत हङकङ स्थित नेपाली सङ्घ संस्थाहरूले प्रयोजन गर्ने निश्चित भएको छ । उपविजेतालाई दिइने ५ लाख रुपैयाँको पुरस्कार बेलायत स्थित धरान युके समाजले प्रायोजन गर्ने भएको छ । यसैगरी धरान युके हेल्पिङ हेण्डस्ले ४ लाख रुपैयाँ र अस्ट्रेलिया, पोर्चुगल, जापान, दुबई, कोरिया, अमेरिका, बहराइन, मकाउ लगायतका नेपालीहरूबाट ३ लाख रुपैयाँ सहयोग गर्ने भएको आयोजकले जानकारी दिएको छ ।
त्यसै गरि धरान उपमहानगरपालिकाले ९ लाख प्रायोजक, आइएमईले ५ लाख, कोशी प्रदेश खेलकुद विकाश बोर्डले ५ लाख, क्वालिटी नुडल्सको २ लाख प्रयोजन गर्ने भएको छ।
पत्रकार पहिचान गरेर मात्र प्रेस पास दिन पत्रकारहरुको अनुरोधलाई आयोजक टिमले पहिला जस्तो नहुने यसपटक पत्रकार महासंघ संग समन्वय गरेर मात्र पास बितरण गर्ने प्रतिबद्वता जनाए।