Roamwings.com

https://www.facebook.com/roamwingstravel/

खेलकुद

धरान १०-के रन १२ औँ उपाधि जुलियस मुरिउकी र महिला तर्फ सन्तोषी श्रेष्ठ चुमे

पुरुष विजेता जुलियस मुरिउकी अफ्रिकी मुलुक केन्याका धावक हो। महिला विजेता सन्तोषी श्रेष्ठ दक्षिण एसियाली म्याराथनकी स्वर्ण पदक विजेता हुन ।

आज बिहान भएको नेवा च्यारिटी रनको १० किलोमिटर दूरी मुरिउकीले ३२ दशमलव ५० मिनेटमा पुरा गरेका हुन । उनले उपाधिसँगै ६० हजार रुपैयाँ प्राप्त गरे ।

सन्तोषीले ३८ दशमलव ८ मिनेटमा उक्त दूरी पुरा गरेकी थिइन् ।

यसअघि १० किलोमिटर दौडमा मुरिउकीले सन २००७ मा २८ दशमलव ४९ मिनेट, २००८ मा २९ दशमलव ९ मिनेट र सन २०१० मा २९ दशमलव १३ मिनेट रेकर्ड बनाएका थिए ।

टाइमिङ चिप सिस्टममा दौडिएका ३ हजार ६ सय धावकले धरानको १० किलोमिटर दूरी पार गरे ।

भानुचोकबाट बिहान ७ दशमलव ३० मिनेटमा सुरु भएको दौड ३४ मिनेटमा पुरा गरेर प्रशान्त तामाङ दोस्रो बने । उनले मेडलसँगै ४० हजार रुपैयाँ प्राप्त गरे ।

तेस्रो बनेका पवन राईले ३४ दशमलव ११ मिनेटमा निर्धारित दूरी पुरा गरेका थिए । उनले ट्रफी, मेडलसँगै ३० हजार रुपैयाँ प्राप्त गरे ।

ह्वील चियर दौडसँगै १६ देखि ३९ वर्ष उमेर समूहमा खुल्ला दौड आयोजना गरिएको थियो । जसका विजेता महिला पुरुष दुवै विधामा प्रथम, दोस्रो, तेस्रो हुनेले जनही क्रमशः ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ प्राप्त गरे ।

१२ देखि १५ वर्ष उमेर समूहका धावकले महिला पुरुष दुवै विधामा जनही क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे ।

४० वर्षमाथिका भेट्रान समूहमा दौडने महिला पुरुष दुवैले जनही क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे ।

यसपालिको च्यारेटी रनबाट उठेको रकम सामुदायिक विद्यालयका १२ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति स्वरूप प्रदान गरिने भएको छ ।

जनप्रतिनिधि तर्फबाट धरान रनको विजेता धरान वडा १० का अध्यक्ष विवेक राई घोषित भए ।

धरानको मेयर हर्क साङ्पाङ, उपमेयर आईन्द्र बिक्रम बेघा, निबर्तमान मेयर तिलक राई वाड न.१३ का वडा अध्यक्ष नेत्र काफ्ले गायक राजु लामा, मोडल नायिका नीति शाह सहित गोर्खा वरियर फिल्मको टिम दौडामा सहभागी थियो

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक